चोरेको आइफोनले सेल्फी खिच्दा …

२०७१ चैत्र १५ गते, आईतवार

काठमाडौँ । आइफोन र सेल्फीले अहिले सबैलाई लोभ्याउने गरेको छ। तर, अमेरिकाको डेनभरमा एक महिलालाई भने एउटै सेल्फीका कारण समातिएकी छन् ।
अमेरिकाको डेनभरकी एक महिलाले कसैको आइफोन चोरेकी थिइन् । उनले त्यसैबाट आफ्नो सेल्फी पनि हानिन् । तर, जब उनले सेल्फी हानिन् उक्त सेल्फी आइफोनको वास्तविक धनीकोमा पुग्यो ।
चोरीको आइफोनबाट लिइएको सेल्फी स्वचालित रुपमा असली मालिकको फेसबुकमा पोष्ट भएपछि उनी पक्राउ परेकी हुन् । फोनकी असली मालिकले फेसबुक पेजमा पोष्ट भएको तस्वीरको प्रहरीलाई दिएपछि उनी पक्राउ परेकी हुन् ।
तस्वीर पाउने बित्तिकै प्रहरीले सबैतिर प्रचार गरेपछि चोरी गर्ने किशोरीकी आमाले थाहा पाइन् र आफ्नी १७ वर्षीया छोरीबाट आइफोन लिएर असली मालिकलाई बुझाइन् । फोन मालिक २३ वर्षीया राली बिंघमका अनुसार २१ मार्च दुई बजेतिर उनी एउटा बारमा थिइन्, जहाँ उनको आइफोन चोरी भएको थियो ।
बिंघमले आइफोनबाट तस्वीर खिच्ने बित्तिकै आफ्नो फेसबुक पेजमा पोष्ट हुने सेटिङ गरेकी थिइन् । उनले फेसबुकमा तस्वीरका लागि एउटा निजी फोल्डर बनाएकी थिइन् जहाँ खिचिएका तस्वीर स्टोर हुने गर्दथ्यो । आफ्नो हराएको आइफोनबाट कसैले तस्वीर लिएपछि उक्त तस्वीर फोल्डरमा आएका कारण उनले आइफोन चोर समात्न सकेकी हुन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार