आफै बाटो बताइदिने स्मार्ट जुत्ता !

२०७१ चैत्र १० गते, मंगलवार

काठमाडौं । प्रविधिले हाम्रो जिवनलाई कति सजिलो बनाइदिँदैछ भन्ने कुरा पछिल्लो पटक आइरहेका स्मार्ट ग्याजेटहरुले प्रमाणित गरिरहेका छ । यसैबीच भारतीय अनुसन्धानकर्ताहरुले स्मार्ट जुत्ता बनाएका छन् जसले मानिसलाई हिँड्ने बाटो बताइदिनेछ । गएको शनिवार कानपूरस्थित इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा भएको प्रविधि मेला टेककृति २०१५ मा यो स्मार्ट जुत्ता प्रदर्शन गरिएको छ । ‘ले चल’ ब्राण्डमा निर्मित यो जुत्ताले खासगरी दृष्टिवीहिन मानिसहरुलाई हिँडडुलमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ । मानिस हिड्नुपर्ने बाटोको लोकेसन यो जुत्तामा सेट गरेर खुट्टामा लगाएर हिँडेपछि जानुपर्ने ठाउँको बाटो भुलिएला भन्ने चिन्ता नगरे हुन्छ । यदि खास बाटो बिराएर गलत बाटोतर्फ लागिएमा यो जुत्ता आफै कम्पन हुनेछ र मानिसलाई गलत बाटोमा लागेको चेतावनी दिनेछ । हैदरावादको एक कम्पनीले यो जुत्ताको निर्माण गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । जुत्ता तथा चप्पल दुबै स्वरुपमा उपलब्ध हुने यो स्मार्ट खुट्टे ग्याजेट ब्लुटुथको माध्यमबाट स्मार्टफोनसँग आबद्ध हुनेछ । यो जुत्ताले बाटो पहिल्याइदिने मात्र होइन कति बाटो हिँडिसकियो र त्यति हिँड्दा सरीरको कति उर्जा खपत भयो भन्ने कुरा पनि बताइदिनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार