अर्थ

बेरोजगारबाट करोडौं उठाउँदै सरकार

काठमाडौं, १५ साउन । शिक्षक सेवा आयोगले निमावि शिक्षकको विज्ञापन गर्दा एक जनासँग सात सय रुपैयाँ दरले उठायो । समावेशीतर्फ फारम भर्नेले थप पाँच सय रुपैयाँ तिरे । एक हजार एक सय १७ पदका लागि एक लाख १६ हजार तीन सय ४० जनाले आवेदन दिएका छन् । सात सयको दरले आठ करोड १४ लाख हुन्छ। […]

२०७३ श्रावण १५ गते, शनिबार

तरकारीको मूल्य आकाशियो

काठमाडौँ, १४ साउन । लगातारको वर्षाका कारण पछिल्लो समय काठमाडौँ उपत्यकामा तरकारीको भाउ अकासिएको छ । उक्त मूल्य गत वर्षको तुलनामा २५ प्रतिशतले बढी हो । वर्षका कारण भएको बाढीपहिरो, तराईमा अन्नबाली लगाउने समय र समयमा सडक अवरुद्ध हुँदा तरकारीको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताए । पौडेलका […]

२०७३ श्रावण १४ गते, शुक्रबार

केरुङ नाका हुँदै व्यापार गर्नेहरुलाई ‘मल्टी इन्ट्रि’ भिसा

काठमाडौँ, १३ साउन । गृह, परराष्ट्र तथा वाणिज्य मन्त्रालयले रसुवाको केरुङ नाकाबाट व्यापार गर्नेहरुलाई ‘मल्टी इन्ट्रि’ भिसा दिनेबारे अध्ययन सुरु गरेको छ । केरुङ नाका हुँदै व्यापार गर्नेहरुलाई भीसामा समस्या आएपछि मल्टि इन्ट्रि भीसा दिनेबारे अध्ययन सुरु गरिएको हो । चीनले नेपाल सरकारको जिम्मामा रहने गरी निश्चित व्यक्तिलाई मात्र मल्ट्रि इन्ट्रि भिषा दिन प्रस्ताव गरेपछि […]

२०७३ श्रावण १३ गते, बिहीबार

डिएफआइडीद्धारा साढे चार अर्ब अनुदान

काठमाडौँ, १३ साउन । संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)ले रोजगारीका लागि सीप विकास कार्यक्रम कार्यान्वयन गर्न रु चार अर्ब ४८ करोड अनुदान सहायता उपलब्ध गराएको छ । सो अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र यहाँस्थित डिएफआइडीका प्रमुख गेल मार्जेटीले हस्ताक्षर गरे । कार्यक्रमअन्तर्गत प्राविधिक एवम् […]

२०७३ श्रावण १३ गते, बिहीबार

अर्बपति क्लवमा १० वटा बैंक थपिए

काठमाडौं, १३ साउन । गत आर्थिक वर्षको नाफाका आधारमा अर्बपति क्लवमा यसपटक थप १० वटा बैंक थपिने भएका छन् । अहिलेसम्म तीनवटा वाणिज्य बैंक एनआइसी एसिया, सिटिजन्स र सानिमा बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका छन् । ती तीनै बैंकको नाफा पहिलो पटक एक अर्ब रुपैयाँ नाघेको छ । वित्तीय विवरण प्रकाशित नगरे […]

२०७३ श्रावण १३ गते, बिहीबार

गुण्डाराजको मारमा बोद्धिचित्त किसान

काठमाडौं, ११ साउन । नेकपा माओवादी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयम् सेवकले स्थानीय गुण्डाहरुले ज्यादातिबाट विस्थापित काभ्रेका बोद्धिचित्त किसानहरुको पुनस्थापना कार्यक्रम अगाडि बढाएको बताएको छ । मंगलबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा संगठनको पूर्वी ताम्सालिङ ब्यूरोले गुण्डापीडित बोद्धिचित्त किसानहरुको उपस्थितिमा एक पत्रकार सम्मेलन आयोजना सो कुरा बताएको हो । पत्रकार सम्मेलनमा ब्यूरो कार्यालयका जन्जिरले विस्थापित […]

२०७३ श्रावण १२ गते, बुधबार

रोयल्टी वितरण प्रक्रियाको तयारी

काठमाडौँ, ११ साउन । सरकारले जलविद्युत् आयोजनाबाट प्राप्त भएको रोयल्टी वितरणको प्रक्रिया केही दिनभित्रै सुरु गर्ने भएको छ । जलविद्युत् आयोजना भएका जिल्लालाई प्राथमिकतामा राखेर सरकारले आव २०७१÷७२ को जलविद्युत् रोयल्टी वितरणको प्रक्रिया सुरु गर्न लागिएको हो । विद्युत् विकास विभागले नेपाल विद्युत् प्राधिकरणका आयोजना, निजी क्षेत्रका आयोजनाले उपलब्ध गराउने रकमका आधारमा रोयल्टी वितरण गर्न […]

२०७३ श्रावण ११ गते, मंगलवार

घरजग्गा करमा छुट

काठमाडौँ, ११ साउन । काठमाडौँ महानगरपालिकाले चालु आव २०७३-७४ देखि लागू हुनेगरी घरजग्गा करमा केही छुट गरेको छ । काठमाडौँ महानगरपालिका राजस्व महाशाखा प्रमुख धुव्र काफ्लेका अनुसार सेवाग्राहीमा पर्न गएको समस्यालाई ध्यानमा राख्दै कामपाले कर असुलीमा केही छुट गरेको हो । यसअघि करदाताले मूल सडकभित्र रहेका तीन आनासम्म जग्गाका लागि रु तीन हजार र त्यसभन्दा […]

२०७३ श्रावण ११ गते, मंगलवार

नुनको मूल्य प्रतिकिलो १५० रुपैयाँ !

काठमाडौँ, १० साउन । गोरखाको सुगम क्षेत्रमा प्रतिकिलो नून रु २० मा पाइन्छ । ढिके नुनको भाउ प्रतिकिलो रु १५ रहेको छ । तर, उत्तरी गोरखाको हिमालपारिका सात गाविसमा भने प्रतिकिलो नुनको मूल्य रु १५० नाघेको छ । सडक सन्जालले नछोएका यी गाविसमा खाद्यान्नलगायत सामग्रीको ढुवानी खच्चडमार्फत् गरिन्छ । बर्खा लागेपछि पहिरोले मनास्लु पदमार्ग अवरुद्ध […]

२०७३ श्रावण १० गते, सोमबार

निजी क्षेत्रलाई पेट्रोलियम आयात गर्नदिन माग

काठमाडौ, १० साउन । सरकारद्वारा पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश २०६९ खारेज गरी निजी क्षेत्रलाई पेट्रोलियम वस्तु आयात गर्नबाट वञ्चित गरेकोमा नेपाल चेम्बर अफ कमर्सले दुःख व्यक्त गरेको छ । हालै सरकारले निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको आयातमा सहभागी गराउने नीतिअनुरुप आयातकर्ता कम्पनीको छनोट समेत गरिसकेको सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयद्वारा पेट्रोलियम तथा ग्यास कारोबार नियमन […]

२०७३ श्रावण १० गते, सोमबार