अर्थ

व्यापार प्रवद्र्धन मेला सुरु

काठमाडौँ, १० भदौ । ‘स्वदेशी उत्पादन प्रयोग गरौँ, आत्मनिर्भर भई स्वाभिमानी बनौँ’ नाराका साथ उद्यमशील महिला, व्यापारिक तथा प्रदर्शनी मेला आजदेखि सुरु भएको छ । ‘विजनेश एन्ड प्रोफेसनल बिमेन’ सुनाकोठीको आयोजनामा महिला उद्यमीको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सो मेला आयोजक संस्थाको अध्यक्ष अम्बिका श्रेष्ठले बताउनुभयो । आर्थिक रुपमा सशक्त नभई परिवारलाई अगाडि बढाउन गाह्रो हुने […]

२०७३ भाद्र १० गते, शुक्रबार

विदेश अध्ययन गर्न गएका कर्मचारी उतै बेपत्ता

काठमाडौ, १० भदौ । सरकारी कोटामा विभिन्न देशमा अध्ययन गर्न गई उतै बेपत्ता भएका सयौँ कर्मचारीमध्ये २३ जनामाथि कारबाही प्रक्रिया सुरु भएको छ। सामान्य प्रशासन मन्त्रालयको सर्च टोलीले झन्डै ६ महिनाको गृहकार्यपछि अहिलेसम्म भगौडा २३ जना कर्मचारीको विवरण पत्ता लगाएको छ। विदेशमै बेपत्ता हुने कर्मचारीमाथि निजामती सेवा ऐनअनुसार बर्खास्त गर्ने र हालसम्म सरकारबाट लिएको रकम […]

२०७३ भाद्र १० गते, शुक्रबार

हेवा–ए जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं, ९ भदौ । पाँचथरमा निर्माणाधीन १४ दशमलव ९ मेगावाट क्षमताको ‘हेवा ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणको जिम्मा लिएको पाँचथर पावर कम्पनीले आयोजनाको काम ९९ प्रतिशत पूरा भएको जनाएको छ । निर्माण शुरू भएको ५ वर्षपछि आयोजना परीक्षण प्रसारणको चरणमा पुगेको कम्पनीका प्रमुख पुष्पज्योति ढुंगानाले बताए । आयोजनाबाट यही […]

२०७३ भाद्र ९ गते, बिहीबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु

काठमाडौं, ९ भदौ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण कार्य सुरु गर्न थालेको छ । गत वैशाख १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गरेलगत्तै वर्षायाम सुरु भएकाले निर्माणको काम अघि बढ्न सकेको थिएन । कम्पनीले यही सेप्टेम्बर १ (भदौ १६) गतेदेखि २०३२ सालमा अधिग्रहण […]

२०७३ भाद्र ९ गते, बिहीबार

दानपेटिका चोरी !

काठमाडौ, ९ भदौ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नजिकै रहेका दुईवटा गुम्बाबाट चौथो पटक दानपेटिका चोरी भएको छ । ताप्लेजुङ नगरपालिका–६ मा पर्ने सुकेटारमा रहेका तासि छ्योर्लिङ र सागा छ्योर्लिङ गुम्बामा रहेका दानपेटिका चोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार बुधबार राति गुम्बाको ढोका फोडेर भित्र रहेको दानपेटिका चोरी भएको हो । […]

२०७३ भाद्र ९ गते, बिहीबार

कोरला नाका पुनः सञ्चालन

काठमाडौ, ७ भदौ । चीनसँगको कोरला नाका पुनःसञ्चालन भएको छ । चीन र नेपालबीच सञ्चालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला शनिबारदेखि पुनः सुरु गरिएको हो । मेला सुरु भएसँगै केही दिनका लागि कोरला नाका पनि खुलेको छ । उपल्लो मुस्ताङका स्थानीय व्यापारी र चीनको तिब्बत्का व्यापारीबीच वर्षको दुई पटक कोरला नाका खुलाइ व्यापार मेला सञ्चालन […]

२०७३ भाद्र ७ गते, मंगलवार

सिन्डीकेटले चौतारा जाने बससेवा सञ्चालनमा समस्या

काठमाडौ, ७ भदौ । सिन्धुपाल्चोक जिल्लाको पश्चिम क्षेत्रको मुख्य केन्द्र मेलम्चीबाट नवलपुर हुँदै सदरमुकाम चौतारा जोड्ने मनमोहन राजमार्ग निर्माण भएको वषौँ भएपनि हालसम्म बस सेवा सञ्चालन हुन नसकेकोमा स्थानीयवासी आक्रोशित भएका छन् । करिव ३५ किलोमिटर लम्बाइको यो सडक मेलम्ची, नवलपुर हुँदै जिल्लाको सदरमुकाम चौतारासम्म जोडिएको छ । सिन्धुपाल्चोक क्षेत्र नं. २ र ३ गरी […]

२०७३ भाद्र ७ गते, मंगलवार

प्राधिकारणका कर्मचारीलाई सुविधै सुविधा

काठमाडौ, ७ भदौ । वर्षैदेखि उच्च घाटामा रहेको सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई दर्जनभन्दा बढी सुविधा थप गरिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारका उर्जामन्त्री जनार्दन शर्माको सहमतिमा प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई एकैपटक अत्याधिक सेवा सुविधा बढाएको छ। प्राधिकरण सञ्चालक समितका अध्यक्ष एवं उर्जा सचिव सुमनप्रसाद शर्माको अध्यक्षतामा बसेको सञ्चालक समितको बैठकले […]

२०७३ भाद्र ७ गते, मंगलवार

‘उच्च अधिकारीका भित्री इच्छा पुरा गराउन इन्धन अभाव’

काठमाडौं, ६ भदौ । करिब एक सातादेखि अधिकांश पेट्रोल पम्पहरुमा सूचना टाँसिएको छ– पेट्रोल छैन । कतै पेट्रोल बाँड्दै गरेको भेटिए पनि सवारी साधनको लामो लाइन हुन्छ । नाकाबन्दी खुलेयता फाट्टफुट्टबाहेक सवारी साधनको लाइन नहुने पेट्रोल पम्पमा अचानक किन यस्तो भयो ? सरकारले चित्तबुझ्दो जवाफ दिन सकेको छैन । सरकारी निकाय र पेट्रोलियम कारोबार गर्ने […]

२०७३ भाद्र ६ गते, सोमबार

व्यावसायिक बाख्रा पालनबाट मनग्य आम्दानी

काठमाडौं, ६ भदौ । झापाका कृषकले बोयर जातका बाख्राको व्यावसायिक पालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । यस जातको बाख्राको तौल एक वर्षमै एक सय किलोको हाराहारीमा पुग्ने भएकाले यसबाट कृषकले राम्रो आम्दानी लिन थालेका हुन् । चाँडै फाइदा हुने भएपछि कृषक व्यावसायिक रुपमै बोयर बाख्रा पालनमा लागेको कृषक गणेश पराजुली बताउँछन् । बाख्रा खरिद […]

२०७३ भाद्र ६ गते, सोमबार