अर्थ

दर्ता बिना बार, रेस्टुरेन्ट चलाउन प्रतिबन्ध

काठमाडौँ, १५ असार । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दर्ता बिना बार, रेस्टुरेन्ट चलाउनेलाइ कारवाही गर्ने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले पटक–पटक प्रशासन कार्यालयले संस्था दर्ता गर्न सूचना जारी गरेपनि अटेर गरी बसिरहेका रेस्टुरेन्ट, बार, दोहोरी साँझ, मसाज पार्लरलाई अब भने दर्ता नगरे कारबाही गरिने बताएका छन । मनोरञ्जन क्षेत्रमा कार्यरत महिला […]

२०७३ असार १५ गते, बुधबार

भूकम्प पिडितलाई दुई किस्तामा दुई लाख दिने तयारी

काठमाडौ, १५ असार । सत्तापक्ष र विपक्षी दलको आजको बैठकले भूकम्प प्रभावितलाई दुई लाख रुपियाँ दुई किस्तामा दिने विकल्पमा सहमति गर्ने तयारी गरेको बुझिएको छ । कांग्रेस नेता डा प्रकाशशरण महतले हिजोको वार्तामा सहमति नजिक पुगेको र आज भूकम्प प्रभावितहरुलाई सहयोग दिने विश्व बैंकसँग छलmफल गरेर निस्कर्षमा पुगिने बताए । पटक–पटक संसद अवरुद्ध भएपछि वार्ताको […]

२०७३ असार १५ गते, बुधबार

पेट्रोलियम पदार्थ र नुनखानीको अध्ययन सुरु

काठमाडौ, १४ असार । पेट्रोलियम पदार्थ र नुनखानीको अध्ययन गर्न सरकारी टोली मुस्ताङ पुगेको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा खानी तथा भू–गर्भ विभाग, घरेलु तथा साना उद्योग र प्राविधिकसहित २२ जनाको टोली सोमबार मुस्ताङ आइपुगेको हो । टोलीले मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको विस्तृत् अध्ययन गरेको छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पानीमाथि अनवरतरुपमा बल्ने […]

२०७३ असार १४ गते, मंगलवार

भोजपुरमा अनिश्चितकालीन यातायात बन्दको घोषणा

काठमाडौ, १४ असार । वर्षातका कारण सडक अवरुद्ध भएको र सडक बनाउने ठेकेदारको चरम लापर्बाही भएको जनाई भोजपुरका बस व्यवसायीले अनिश्चितकालीन यातायात बन्द गरेका छन् । संयुक्त बस व्यवसायी सङ्घले यही असार ११ गते गरेको निर्णय सार्वजनिक गर्दै मंगलबारदेखि सम्पूर्ण यातायात बन्द हुने जनाएको हो । सङ्घले बिरामी बोकेको साधनबाहेक सबै सवारीसाधन बन्द गरेको छ […]

२०७३ असार १४ गते, मंगलवार

साढे पाँच लाख परिवारमध्ये ६ हजारले मात्र पाए ५० हजार अनुदान

काठमाडौ, १३ असार । बर्खाअघि नै भूकम्पपीडितको बसोबासको व्यवस्था गर्ने सरकारको घोषणा अलपत्र छ । हजारौँ पीडित अहिले पनि मुसलधारे पानीमा पालमुनि नै ओत लाग्न बाध्य छन् । १२ वैशाखबाट अनुदान सम्झौता तीव्र पार्ने र जेठभित्र भूकम्पपीडितको घर निर्माण गरिसक्ने घोषणा गरेको थियो । तर, पीडितले घर निर्माणका लागि सरकारबाट पाउने दुई लाख रुपैयाँसमेत पाएका […]

२०७३ असार १३ गते, सोमबार

धुर्मुस सुन्तलीलाई १५ लाख सहयोग

काठमाडौ, १२ असार । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका हाँस्य कलाकार धुर्मुस सुन्तलीलाई १५ लाख रुपैँया सहयोग गरेको छ । प्रतिष्ठानले आफ्नो २४ औँ वार्षिकोत्सवको अवसरमा बस्ती निर्माणका लागि उक्त रकम सहयोग गरेको हो । भूकम्पपश्चात शुभचिन्तकहरुबाट प्रतिष्ठानलाई प्राप्त सहयोग बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको कार्यकारी […]

२०७३ असार १२ गते, आईतवार

अपर पिलुवाखोला दोस्रो जलविद्युत् दुई वर्षभित्र बन्ने

काठमाडौं, १२ असार । संखुवासभा जिल्लामा रहेको ४ दशमलव ७ मेगावाटको अपर पिलुवाखोला दोस्रो जलविद्युत् आयोजना दुई वर्षभित्र बन्ने भएको छ । उक्त आयोजनामा नेपाल बंगलादेश बैंकको अगुवाइमा लगानी हुने भएको छ । आयोजना प्रवद्र्धक मेन्छियम हाइड्रोपावर कम्पनी र नेपाल बंगलादेश बैंकबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ८५ करोड रुपैयाँ लागत रहेको आयोजनामा ७० […]

२०७३ असार १२ गते, आईतवार

सागभन्दा कपडा सस्तो !

काठमाडौँ, ११ असार । तपाईंलाई सुन्दा अचम्म लाग्ला, एकमुठा सागभन्दा कपडा सस्तो हुन्छ भनेर । तर सामाखुसी टाउनप्लानिङमा रहेको एक पसलमा सागभन्दा कपडा सस्तोमा पाइन्छ । अहिले बजारमा एकमुठा सागको रु २० पर्छ तर उक्त पसलमा एउटा सर्ट भने रु १० मा नै पाउन सकिन्छ । समाजमा केही गरौंभन्ने भावनाका साथ केही वर्ष कोरिया बसेर […]

२०७३ असार ११ गते, शनिबार

सुनको मूल्य ह्वातै बढ्यो

काठमाडौँ, १० असार । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण नेपाली बजारमा छापावाल सुन प्रतितोला रु तीन हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु ५६ हजारमा कारोबार भएको सुनको मूल्य आज रु ५९ हजार कायम भई कारोबार भएको महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको […]

२०७३ असार १० गते, शुक्रबार

डेढ लाख पीडितसँग अनुदान सम्झौता

काठमाडौँ, १० असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पका कारण अति प्रभावित ११ जिल्लाका करिब डेढ लाख पीडितसँग अनुदान रकम वितरणका लागि सम्झौता भएको जानकारी दिएको छ । प्राधिकरणले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार काठमाडौँ उपत्यकाबाहेकका ११ जिल्लाका एक लाख ४७ हजार १८८ जना भूकम्पपीडितसँग सम्झौता भएको हो । तीमध्ये पाँच हजार ८४१ जना घरधनीको खातामा मात्र […]

२०७३ असार १० गते, शुक्रबार