प्रवास

कोरोनाबाट मृत्यु भएकाहरुको सम्मानमा राष्ट्रिय शोक मनाइँदै

काठमाडौँ, २२ चैत । चीनले कोरोना भाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा आज राष्ट्रिय शोक मनाउँदै छ । मृतकको सम्झनामा आज विश्वभर चिनियाँ दुतावासमा झण्डा झुकाइने छ भने सार्वजनिक र औपचारिक कार्यक्रमसमेत नगर्ने बताइएको छ । कोरोनाका कारण मृत्यु हुनेहरुलाई शहिदको रुपमा चित्रण गर्न शोक दिवस मनाउन लागिएको चीनको राज्य परिषदले जनाएको छ । स्थानीय समयअनुसार […]

२०७६ चैत्र २२ गते, शनिबार

माेदीद्वारा आइतबार राति ९ बजे सारा बिजुली बन्द गरेर मोबाइल फ्लास वा मैनबत्ती बाल्न आग्रह

काठमाडौँ, २१ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल ५ (आइतबार) राति ९ बजे सारा बिजुली बन्द गर्न भारतीय जनतालाई आग्रह गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो एक भिडियो सन्देशमा देशवासीलाई सम्बोधन गर्दै आइतबार राति ९ बजे ९ मिनेटसम्म घरको ढोका वा कौसीमा मैनबत्ती, दियो, मोबाइल फ्ल्यासलाइट वा टर्चलाइट बाल्न अपील गरेका हुन् । बिबिसी […]

२०७६ चैत्र २१ गते, शुक्रबार

कुवेतमा रहेका एक नेपालीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं, २० चैत । कुवेतमा रहेका एक जना नेपाली कामदार कोरोना भाइरस संक्रमित भएका छन् । उनमा बुधबार संक्रमण भएको पत्ता लागेको हो । कुवेतमा २८ जना संक्रमित पहिचान भएको र त्यसमध्य एकजना नेपाली कामदारमा पनि देखिएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । कुवेतमा कोरोना संक्रमितको संख्या ३ सय १७ पुगेको छ भने ८० जना […]

२०७६ चैत्र २० गते, बिहीबार

१ लाखदेखि २ लाख ४० हजार अमेरिकीहरू मर्न सक्ने चेतावनी

काठमाडौँ, १९ चैत । कोभिड-१९ को महामारी अब अमेरिका केन्द्रित भएको छ । त्यहाँ सर्वाधिक संख्यामा संक्रमित फेला परेसँगै मृत्युको ग्राफ पनि उकालो लागिरहेको छ । मंगलबार एकै दिनमा अमेरिकामा कोरोना भाइरसका कारण मर्नेको संख्या हालसम्मकै उच्च ७४२ पुगेको छ । यससँगै त्यहाँ कुल मृतकको संख्या ३ हजार ८८३ पुगेको छ । जुन कोरोनाको उद्गमस्थल […]

२०७६ चैत्र १९ गते, बुधबार

सिमानामा अलपत्र परेकालाई भारतले क्वारेन्टाइनमा राख्ने

काठमाडाैँ, १८ चैत । नेपालको सुदूरपश्चिमको अन्तिम भारतीय नाका धार्चुलामा फसेका ५ सय ५७ नेपालीलाई भारतीय सरकारले क्वारेन्टाइनमा राख्ने भएको छ । आफ्नो देशमा फर्किन पाउनुपर्ने मागसहित तीन दिनदेखि आन्दोलनरत नेपालीलाई भारतले दुबै देशबीच अर्को सहमति नहुँदासम्म भारतीय क्षेत्रमा तीन ठाउँमा क्वारेन्टाइनमा राख्ने भएको हो। भारतको धार्चुला प्रशासनले महाकाली नदी किनारमा रहेको गौशाला भवन र […]

२०७६ चैत्र १८ गते, मंगलवार

अमेरिकामा निषेधात्मक उपायहरु अप्रिल ३० सम्म लम्बिन सक्ने

काठमाडाैं, १७ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलिन नदिन अपनाइएका निषेधात्मक उपायहरु कम्तिमा अप्रिल ३० सम्म लम्बिन सक्ने बताएका छन् । उनले अबको दुई हप्तामा कोरोनाका कारण उच्चदरमा मृत्यु हुने सम्भावना रहेकाले रोकथामका उपायहरु बढाउने तयारी गरेको बताए । राष्ट्रपति ट्रम्पले सामाजिक दूरीसहितका निषेधात्मक नियमहरु अमेरिका भर बढाउनेबारे तयारी भएको पनि […]

२०७६ चैत्र १७ गते, सोमबार

कोरोनाविरुद्ध जुध्न २ खर्ब डलरको आर्थिक राहत

काठमाडौं, १५ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड १९ को महामारीविरुद्ध जुध्न २ खर्ब डलरको आर्थिक राहत प्याकेजमा हस्ताक्षर गरेका छन् । कोरोनाबाट उत्पन्न आर्थिक संकट निस्तेज पार्न ल्याइएको विधेयक कंग्रेसबाट पारित भएपछि ट्रम्पले हस्ताक्षर गरेका हुन् । अमेरिकी इतिहासकै यो सर्वाधिक ठूलो राहत प्याकेज हो । विधेयक अनुमोदन गर्ने क्रममा रिपब्लिकन र डेमोक्रयाट्कि […]

२०७६ चैत्र १५ गते, शनिबार

‘हामी यस प्रकोपमाथि विजयी हुनेछौं र मानवजातिको उज्वल भविष्यलाई अँगाल्ने छौं ‘

काठमाडौ, १४ चैत । तपाईसँग सामेल हुन पाउनु राम्रो कुरा हो । यो सम्मेलन सम्भव तुल्याउन सञ्चार र समन्वयको जबरजस्त योगदान गरेकोमा साउदीका राजा सलमान र साउदी अरेबियाप्रति हार्दिक सराहना व्यक्त गर्दै आफ्नो कुरा शुरु गर्न चाहन्छु । कोविड– १९ को प्रकोपको सामना गर्दै गर्दा हामी सबैलाई चकित तुल्यायो, चिनियाँ सरकार र चिनियाँ जनता निरुत्साहित […]

२०७६ चैत्र १४ गते, शुक्रबार

अमेरिकाले कोरोना भाइरसलाई ‘वुहान भाइरस’ भन्नुपर्ने अडान राखेपछि

काठमाडौ, १३ चैत । अमेरिकाले कोरोना भाइरसलाई ‘वुहान भाइरस’ भन्नुपर्ने अडान राखेपछि विश्वका सात ठूला राष्ट्रको संगठन जी–७ मा विवाद बढेको छ । कोरोनाभाइरस सम्बन्धी सात राष्ट्रका विदेश मन्त्री संलग्न बैठकपछि जारी गरिने संयुक्त वक्तव्यमा कोरोनाको सट्टामा ‘वुहान भाइरस’ लेख्नुपर्ने अमेरिकी विदेश विभागको अडानका कारण सयुक्त बक्तव्य जारी हुन पाएन । ‘वुहान भाइरस’ भन्ने शब्द […]

२०७६ चैत्र १३ गते, बिहीबार

जनप्रगतिशिल मोर्चा कतारद्वारा साजन गुरुङलगायत् माथि कारबाही

काठमाडौं , १० चैत । नेपाली जनप्रगतिशिल मोर्चा कतारले मोर्चाको नीति नियम विपरित कार्य गर्नेहरुलाई कार्वाही गरिएको जनाएको छ । मोर्चाले कार्वाही गरिएका ब्यक्तिहरुको नाम राखेर साजन गुरुङ लगायतले अलग्गै संगठन बनाएको भन्ने प्रचार गरेको भन्दै गुरुङ नेतृत्वको उक्त टिम आधिकारीक नभएको र उनीहरुलाई साधारण सदस्य समेत नरहने गरि कार्वाही गरिएको जनाएको छ । जनप्रगतिशिल […]

२०७६ चैत्र १० गते, सोमबार