कञ्चन–सुदर्शनको अक्षम्य गल्ती

२०७९ माघ २ गते, सोमबार

भरत सी

“हामी के कुरामा विश्वास राख्छौँ भने माक्र्सवादी संज्ञानको प्रश्नलाई हामी आपूmले अझ थप खोज गरिनुपर्छ र यो कुराको अध्ययन टुङ्गोमा पुगिसकेको छ भन्ने कुरामा अलिकति पनि विश्वास गरिनु हुँदैन । म आशा गर्छु, सबै कमरेडहरुले यस किसिमको प्रवृत्तिलाई आत्मसात गर्नुहुनेछ, अझ ठूला विजय हासिल गर्न एकतावद्ध हुनुहुनेछ, र तिनीहरुको बहकाउमा नआउनु होला, जो आपूmले माक्र्सवादको खुवै अध्ययन गरेको दावा गर्छन् तर यथार्थमा एकदमै गलत बुझाइमा हुन्छन् ।” क. माओ

श्री धमेन्द्र बास्तोला, क. कञ्चन नेतृत्वको समूह अहिले नेपाल कम्युनिस्ट पार्टीका विरुद्ध कृयाशील रहेको छ । हाम्रो पार्टी र नेतृत्वका विरुद्ध कञ्चन र सुदर्शनका लगातार लेखहरु आइरहेका छन् र ती धेरै उल्लेख गर्न लायक पनि छैनन् तर त्यसबारे केही नवोल्ने हो भने गलत कुरा स्थापित हुने खत्तरा छ । त्यसैले, माओको कुरा सम्झिँदै हामीले माक्र्सवादी ज्ञानको खोज टुङ्गोमा पुगिसकेको नठानेर थप खोजमा कृयाशील हुने नीति लिएका छौँ, हाम्रा फुटवादीहरु भने त्यो नीतिविरुद्ध गएर माओको शब्दमा माक्र्सवादको खुबै अध्ययन गरेको दावा त गर्दछन् तर यथार्थमा तिनका बुझाई एकदमै गलत रहेका छन्, तिनका केही गम्भीर गल्ती र समस्याहरु निम्न रहेका छन् ।

१) अस्वभाविकता

२०७८ को फागुनमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको १२ औं पूर्ण बैठकले पार्टी एकतालाई ध्यान दिएर गरेको स्थानीय चुनाव प्रयोगको मध्यमार्गी निर्णय कार्यान्वयनमा जोड र कोणमा फरक पर्नु स्वभाविक थियो तर त्यही विषयलाई लिएर कञ्चन–सुदर्शनले देशका ठूला मिडियामार्फत् पार्टी र नेतृत्वमाथि ‘कथित विचलन’ को आरोपसहित जुन हमला गरे, त्यो नितान्त अस्वभाविक– आन्तरिक बहसको न्यूनतम मान्यता, पद्धति र समय सबैका सीमा तोडेर पुँजीवादी ठूला मिडियामार्फत् पार्टी र नेतृत्वमाथिको निकृष्ट र तुच्छ हमला– थियो जब तिनको अस्वभाविकता परीक्षण गर्न पार्टीले जीम्मेवारीबाट हटायो तब त्यो अस्वभाविकताको उत्कर्ष पार्टी फुटमा व्यक्त भयो ।

पार्टीको १२ औं बैठक चलिरहँदा बैठक भित्रका सबै कुराहरु जस्ताको तस्तै र आफ्नो पक्षमा पार्ने गरी बाहिर दिए भने बैठक स्थलमा नै पनि अस्वभाविक (अर्को पार्टीको अभ्यास र कतैबाट सञ्चालित जस्तो ) गतिविधि गरे । १२ औं बैठकको तयारीस्वरुप काठमाडौँमा बसेको स्थायी समितिको बैठकमा महासचिवले “स्थानीय चुनावबारे दस्तावेजमा नलेखी बैठकको प्रस्ताव मात्र बनाउ” भन्दा कंसु (कञ्चन जोड सुदर्शन) ले “जति बहस गरे पनि मुख्य नेतृत्वको निर्णय निर्णायक हुन्छ र मान्छौँ” भने तर पछि बैठकमा “आपूmले काठमाडौँमा बुद्धि नपुगाएको भए यस्तो हुँदैन्थ्यो” सम्म भने । यो तरिकालाई नै पार्टीले ‘गौडा कुरेर मार हान्ने प्रवृत्ति’ भनेको हो । समाजमा मानिसले अस्वभाविक गतिविधि ग¥यो भने कुनै न कुनै मानसिक समस्या छ भन्ने बुझिन्छ । कसुमा पनि १२ औं बैठक वरिपरी त्यो प्रकारको समस्या देखिएको मान्न सकिन्छ । त्यसैले कसुको पहिलो गल्ती वा समस्या भनेको अस्वभाविकता थियो ।

२) पार्टी फुट–असामान्य गल्ती

चुनावको कार्यनैतिक विषयलाई रणनीति बनाएर कसुले जसरी पार्टी नै फुटाउने अक्षम्य गल्ती गरे त्यो असामान्य समस्या हो । किनभने नेपाली कम्युनिस्ट आन्दोलन फुटको महामारीले ग्रस्त छ । जुन महामारीविरुद्ध क्रान्तिकारीहरुले लड्नुपर्ने आवश्यकता थियो तर उनीहरुको लागि फुट आवश्यक भयो र ती त्यसका लागि लडे । त्यो पनि पार्टीको शक्तिको आधारमा होइन कि बरु उल्टो आजको मिडिया र एक हदसम्म पार्टी बाहिरको शक्तिको आडमा लडे । यो तरिका जनयुद्धकालमा डा. बाबुरामले प्रयोग गर्थे भने रुसमा मेन्शेविकले अमेरिकीको आडमा बोल्शेविक विरुद्ध प्रयोग गर्थे । पार्टीको कुनै पनि कार्यकर्ता र आमजनता जसले कम्युनिस्ट क्रान्ति चाहन्छन् कसैले पनि पार्टी फुटोस् भन्ने चाहेको थिएन यहाँसम्म कि उनको चितवन भेलाका अधिकांश सहभागीहरु पनि फुटको पक्षमा थिएनन् तर तिनले त्यसको अलिकति पनि ख्याल गरेनन् । वास्तवमा, कसुले अन्ततः कम्युनिस्ट पार्टी एकताबद्ध र बलियो नहोस् भनेर चाहने संसदवादी तथा पुँजीवादीको चाहनालाई पुरा गरे । यसरी तिनले यो दोस्रो असामान्य र अक्षम्य गल्ती गरे ।

३) निसाना छनौट

पार्टीमा बहस भएदेखि नै कसुले मुख्य लडाईको निशाना नेकपा र यसको नेतृत्वलाई बनाए, पार्टीबाट अलग भएपछि त उनीहरुको भाषामा ‘संसदीय संशोधनवाद’ विरुद्ध लडनु र विजय हासिल गर्नु नै उनको क्रान्तिको मुख्य कार्यभार थियो । यसरी एकीकृत जनक्रान्तिलाई मौलिक ढंगले अगाडि बढाइरहेको नेकपा र यसको नेतृत्व विरुद्ध आपूmसँग भएको सबै शक्ति केन्द्रित गरेर लडे, नयाँ विचारसहित नेपालमा क्रान्ति हुन्छ भनेर बन्दै गएको जनताको विश्वासमाथि धावा बोले, एकीकृत जनक्रान्ति सफल हुनेछ र वैकल्पिक शक्तिको रुपमा नेकपाको विकास हुनेछ भन्ने जनताको आशामाथि तुषारापात गरे । यद्यपि उनीहरुका फुटवादी हर्कतले क्रान्ति रोकिने होइन र रोकिँदैन । वस्तुतः नेकपालाई प्रधान दुश्मनझैँ व्यवहार गरेर उनको दस्तावेजमा तोकिएको प्रधान दुश्मनलाई खुशी बनाए । यो फुटवादी कसुको अर्को गल्ती तथा समस्या थियो ।

४) लक्ष्य छनौट

कसुले आफ्ना दस्तावेज र लेखोटहरुमा जे लेखेको भए पनि व्यवहारिक रुपमा जुन लक्ष्य छनौट गरे त्यो सर्वथा गलत थियो । मेरो विचारमा, तिनको लक्ष्यलाई तीन चरणमा बाँडेर हेर्न सकिन्छ । पहिलो, तत्कालीन लक्ष्य– नेकपा र एकीकृत जनक्रान्तिप्रति बढ्दै गएको परिवर्तनकामी आमजनता र क्रान्तिकारी शक्तिको आशा र विश्वासलाई ध्वंश गर्नु थियो र त्यसका लागि पार्टी केन्द्रिय समितिमा बहुमत पुगाउने लक्ष्य तय गरे (बैठकमा बोलेको आधारमा बहुमत पुग्ने आशाले धेरै उत्साहित भए र पछि आपूmसँगै आइहाल्ने विश्लेषणसहित पार्टीको नामै पनि बहुमत राखे अनि यो कुत्सित उद्देश्य पुरा गर्न मिडियाको प्रयोग गरे) तर नराम्ररी असफल भए । केही मुठ्ठिभर मान्छेबाहेक सिङ्गो केन्द्रिय समितिले उनलाई साथ दिएन । दोस्रो, मध्यम लक्ष्य– क्रान्तिका लागि कथित क्रान्तिकारी ध्रुवीकरणका नाममा कमरेड किरणको क्रान्तिकारी माओवादी पार्टीसँग एकता गर्ने थियो । पार्टी बनाए लगत्तै ‘एकता संयोजन समिति’ पनि बनाए र स्वभाविक रुपमा यसले के प्रश्न जन्मायो भने चुनाव प्रयोगमा क्रान्ति डुबेको देख्ने महासयहरुले पाँच वर्ष अघि नै चुनाव प्रयोग गरिआएको पार्टीमा क्रान्ति कसरी देखे ? संम्भवतः यसको उत्तर तिनीहरुले कहिल्यै दिन सक्ने छैनन् तर एकता भएन, हुने निश्चित पनि छैन । यसरी यो मध्यम लक्ष्य पनि भेटन सकेनन् र असफल भए । तेस्रो, रणनैतिक लक्ष्य– क्रान्तिको रक्षाको नाममा परम्परा ( क्रान्तिको कुरा गर्ने काम नगर्ने) धान्ने र निजी जीवन व्यवस्थित बनाउने थियो । त्यसको लागि नेकपा विचलित भएको र आपूmले क्रान्ति गर्ने भ्रम दिनु थियो जसबाट चन्दाको सुनिश्चितता गर्न सकियोस् तर निष्प्रभावी चुनाव अवज्ञासहित त्यो प्रकृयामा पनि समस्या पैदा भएको छ । परिणामतः केही सीमित नेताबाहेक सबैको निजी जीबनको व्यवस्थापन पनि हुने देखिँदैन । यसरी यो रणनैतिक लक्ष्य पनि धुमिल बन्दै गएको छ । यसरी व्यवहारतः उनीहरुले लक्ष्य छनौटमा गल्ती गरेका छन् ।

५) प्रतिशोधद्वारा प्रतिरोध

कसुले जे लेखिरहेका छन्, गरिरहेका छन् र भनिरहेका छन् खासमा त्यो उनको प्रतिशोधद्वारा गरिएको प्रतिरोध मात्र हो । जुन कुरा गलत छ । वास्तवमा, तिनलाई निर्देशित गर्ने विचार– “हामीलाई हेला गर्ने र हेप्ने ? हाम्रो कुरै नसुन्ने र नमान्ने ? प्रकाण्डभन्दा हामी केमा कम छौँ ? तिमी केही नमान्ने हामीले मात्र सबै किन मान्ने ? र मौका आएको बेला त्यसै किन छोडने ? देखाई दिने हो ।”– यस्तो छ । यसरी कसुुले यो विचारको मार्गदर्शनमा नेकपा र यसको नेतृत्वलाई ‘देखाई दिन’ आपूmसँग भए जतिको सबै शक्ति लगाएका छन् र शब्दकोशमा भएका र आपूmले जाने जत्तिका आरोप र गालीका प्रायः सबै शब्दहरु खर्चेका छन् । के साँच्चै उनीहरु पार्टीमा हेपिएका र अन्यायमा परेका वा मूल्य नभएका मान्छे थिए त ? यो तथ्यगत सत्य होइन, बरु पछिल्लो समय नेतृत्वसँग तिनका निश्चित माग, अपेक्षा र व्यक्तिगत सरोकारका विषयहरु थिए– जो नमानिदिएपछि भड्किए । अनि, नेकपा र यसको नेतृत्वलाई खराव र नराम्रोमा बदलेर आक्रमण सुरु गरे । हरेक वस्तु, मान्छे, पार्टी, नेतृत्व, दस्तावेज, वाक्य र शब्द पनि विपरितको एकत्व हो । जहाँ सकरात्मक र नकरात्मक दुवै हुन्छ । क्वान्टम सिद्धान्तका अनुसार हरेक वस्तु कण र तरंगको संयुक्त रुप हो । माक्र्सभन्दा पहिले हेगेलले नै भनिसकेका थिए कि– हरेक चीजको खण्डन गर्न सकिन्छ । तर, यहाँ मुख्य कुरा त कुन विचार र मान्यतामा रहेर गर्ने भन्ने हो । त्यसैले, कसुले “अवसर आएको बेला देखाइदिने अवसरवादी प्रतिशोधको विचार र नेकपालाई नराम्रोमा बदलेर आक्रमण गर्ने मान्यता” बनाइसकेपछि जति ठूला सिद्धान्तकार र विचारक बनेर उल्लेख गरिएका गुरुका भनाइहरु अनि दस्तावेजका अनुच्छेदहरुको के अर्थ हुन्छ र ? वास्तवमा, उनीहरु नेकपा र एकीकृत जनक्रान्तिको हकमा कुनै माक्र्सवादी सिद्धान्तकार वा विचारक नभएर प्रतिशोधको आगोमा जलेर बाँकी रहेका खरानी र कोइला हुन ।

६) परनिर्भर र परिचालित

कसुले सामान्यतः कहिल्यै पनि पार्टी बनाएर संचालन गर्ने सोचेका थिएनन्– संगठनात्मक रुपमा ती कमजोर थिए र मानिन्थे साथै विषेश स्थिति र माहोलमा बाहेक एक–दुईजनालाई पनि साथमा लिने सामथ्र्य उनीमा थिएन तर त्यो माहोल चुनावले बनाइदियो– र परिस्थितिले त्यो ठाउँमा पुगायो । खासमा उनी प्रचण्ड र किरणबाट प्रभावित र परिचालित भए र विप्लवभन्दा तिनी– (कञ्चनको दृष्टिमा प्रचण्ड र सुदर्शनको दृष्टिमा किरण) लाई सही ठान्न थाले अनि प्रचण्ड–किरणलाई मिसाएर नेकपाविरुद्ध लड्न थाले । किनभने, माओवादीको पहिलो पुस्ता (प्रचण्ड–किरण) का लागि एकीकृत जनक्रान्तिको निरन्तरता इष्र्याको विषय बनेको थियो र उनीहरुमा नेकपाको कद होचो हुँदा खुुशी हुने मनोविज्ञान थियो, जुन खुशी कसुको अश्लील नृत्यले प्रदान ग¥यो । कसु कतिसम्म परनिर्भर थिए भने चितवनको पहिलो भेलाको व्यवस्थापन नै मेयर रेनु दाहालले गरिन अनि नयाँ पार्टी र अर्को पार्टीसँग एकताको घोषणाबीच समयको धेरै अन्तर भएन । यद्यपि, त्यो घोषणाले सार्थकता पाएको छैन किनकि त्यसका लागि किरण आफ्नै पार्टीमा निर्णायक हुन छाडेका छन् । मुख्य कुरा उपरोक्त दुई तथ्यले परिचालित र परनिर्भर दुवै भएको पुष्टि ग¥यो ।

७) विचार र राजनीति

विचार र राजनीतिमा फुटवादीले गरेको गल्तीको सन्दर्भमा चीनमा माओले लिनप्याओ र चेन– पोताकाबारे भनेको एउटा भनाई राखेर केही भनौँ– “हामीले आदर्शवादी छलछामलाई स्वीकार गर्ने कि भौतिकवादी सिद्धान्तको प्रतिविम्बनलाई, हामी माक्र्सवाद– लेनिनवादको पक्षमा मात्र उभिन सक्छौ, हामीहरु एकसाथ चेन–पोताको आधारहीन शब्दाडम्बर र प्रचारबाजीका पक्षमा होइन । साथसाथै हामी के कुरामा विश्वास राख्छौँ भने माक्र्सवादी संज्ञानको प्रश्नलाई हामी आपूmले अझ थप खोज गरिनुपर्छ र यो कुराको अध्ययन टुङ्गोमा पुगिसकेको छ भन्ने कुरामा अलिकति पनि विश्वास गरिनु हुँदैन । म आशा गर्छु, सबै कमरेडहरुले यस किसिमको प्रवृत्तिलाई आत्मसात गर्नुहुनेछ, अझ ठूला विजय हासिल गर्न एकतावद्ध हुनुहुनेछ, र तिनीहरुको बहकाउमा नआउनु होला, जो आपूmले माक्र्सवादको खुवै अध्ययन गरेको दावा गर्छन्, तर यथार्थमा एकदमै गलत बुझाइमा हुन्छन् ।”

माओ जेदोङ – ‘अ फिउ ओपिनियन्स अफ माइन’ ः अगस्त ३१ १९७० । डा. ऋषिराज वराल– सार्वभौम माओवाद.. पेज ४७ व.बाट )

 माथिको माओको भनाइले फुटवादीका बारे धेरै नै स्पष्ट पार्दछ किनकि माक्र्सवादी संज्ञानको खोज निरन्तर जारी छ र राख्नुपर्छ । त्यसैले पार्टीले यो दिशामा ‘एकीकृत जनक्रान्ति’ को खोज गरेको थियो, जसको आलोकमा ‘चुनावको प्रयोग’ गरेको थियो, जुन कुरा कसुले बुझ्न सकेनन् साथै अझ ठूला विजय हासिल गर्न एकताबद्ध हुन छाडेर क्रान्ति नहुने चिन्ताको अभिनयका साथ क्रान्ति गर्ने उद्घोष गर्दै पार्टी फुटाएर हिँडे, आपूmले माक्र्सवाद खुव अध्ययन गरेको दावी गरे तर आफ्नो गलत बुझाईलाई सच्याएनन् उल्टो उत्कर्षमा पुगाए र अराजकता र विसर्जनको बाटो हिँडे । त्यसैले कसुले वैचारिक र राजनैतिक रुपमा ‘वामपन्थी विसर्जनवादी’ गल्ती गरेका छन् । जसरी विगत जनयुद्धकालमा बाह्य शक्तिको आडमा पार्टीभित्र लड्ने गरेका डा. बाबुरामले पछिल्लो चरण ‘नयाँ शक्ति’ को नाममा ‘दक्षिणपन्थी विसर्जनवादी’ यात्रा तय गरेका थिए, जो अहिले आएर पुष्टि पनि भएको छ, ठिक त्यसरी कसुले क्रान्तिको नारा दिएर विगतको बाबुरामकै शैली अवलम्बन गर्दै वामपन्थी विसर्जनवादी यात्रा तय गरेका छन् । जसको गन्तव्य बाबुरामकै नियति भोग्नु हुनेछ । अहिले अन्तिममा बाबुरामको रक्षा त प्रचण्ड–बाबुराम र प्रचण्डमा पछिल्लो चरण वैचारिक भिन्नताभन्दा व्यक्तित्वको टकराव थियो)– ले गरे । तर, कसुको त्यसरी रक्षा गर्ने पनि कोही हुने छैनन् यद्यपि किरणले रक्षा गर्नुपर्ने हो तर ती आफैँँ निणार्यक छैनन् ।

 अन्त्यमा, नेपाली समाजको मुख्य समस्या दलाल पुँजीवाद हो, त्यसका विरोधी सबै शक्ति एकै ठाउँमा आउनु पर्ने वस्तुगत आवश्यकता छ तर त्यसका विरुद्ध लड्नुपर्ने कम्युनिस्टहरु एकआपसमा लडिरहेका छन्, जो जनतालाई मन परेको छैन । जस्तो कि, नेकपाविरुद्धको संघर्षमा कथित सिद्धान्तकार बनेर प्रस्तुत भएका कञ्चन–सुदर्शनले आफ्नो धोती फुस्केको र समग्र कम्युनिस्टको बेइज्जत भएको अनि मानिसहरुले उनकै स्तरको परीक्षण गरिरहेको पनि पत्तो नै पाएनन् । नेकपाले संघीय संसदको चुनावमा पनि भाग लिन्छ र एमालेसँग एकता गर्छ भनेर गरेको उनको भविष्यवाणी पनि मिलेन । बरु उल्टो अहिले उनको आफ्नै समूहमा संकट बढ्दै गएको छ, किरणसँगको एकता अन्यौलतामा छ, नेता र कार्यकर्तामा सुरुवाती उत्साह घट्दैछ, तिनीसँगका धेरै कमरेडहरुले नेकपासँग सम्पर्क पनि गरिरहेका छन् । कमरेड कञ्चन–सुदर्शनको सुरुवाती चरण सर्वेक्षण गर्दा स्वभाविक प्रश्न उठ्छ कि तिनले पार्टीको रुपमा स्वतन्त्र अस्तित्व कति धान्नलान् ? कि कतै प्रवेश गर्लान् ? वा स्वतन्त्र वाम विश्लेषकमा सीमित होलान् ? तर, जे होलान् उनले एकीकृत जनक्रान्तिप्रति बढ्दै गएको जनताको विश्वास र जाग्दै गएको आशालाई भत्काउने जुन गल्ती गरे त्यो भने अक्षम्य गल्ती हो र त्यसका लागि क्रान्तिको इतिहासले एक दिन दण्डित गरी छाड्नेछ ।

प्रतिक्रियाहरु