सीमा रक्षाको आन्दोलनबाट गिरफ्तार छोरालाई काकाको पत्र !

२०७९ कार्तिक २७ गते, आईतवार

प्रिय छोरा…

देशको सिमाना पराईले हडपेको बेला मातृभूमिको रक्षार्थ संघर्ष गर्दागर्दै संघर्षकै मैदानबाट तिम्रो अन्यायपूर्ण गिरफ्तारी भयो । तिम्रा कलम बोक्ने हातहरुमा देश चिनाउने चन्द सूर्य भण्डा थियो । कालापानी र लिपुलेक हाम्रो हो भन्दै सयौँ विद्यार्थीको नेतृत्व गर्दागर्दै माइतिघर मण्डलामा तिमीमाथि वर्ग शत्रुको नजर लाग्यो । देशको स्वभिमान, राष्ट्रियता र भौगोलिक रक्षाको बुलन्द आवाजलाई दलाल सत्ताले ठूलठूला मेसिन गन र एके–४७ भन्दा ठूलो आवाज प्रहार ठानेछ । तिमीलगायत अन्य गरी ४२ जनालाई गैरन्यायिक गिरफ्तार ग¥यो । त्यो गिरफ्तारी गरिँदाको दुश्मनको हर्कत र तिम्रो साहस, निडर र क्राान्तिकारी स्वभावको आज राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चर्च परिचर्चा र बहस भैरहेको छ । त्यो अमूल्य साहस र क्रान्ति तथा देशप्रेमप्रतिको तिम्रो सच्चा र दृढ समर्पणको उच्च मूल्याङ्कन आज पार्टी संगठन मात्र होइन, हाम्रो राजनीतिक विचारभन्दा बाहिरका हजारौँ लाखौँ मानिसहरुले विभिन्न सामाजिक सञ्जाल फेसबुक र युट्युवहरुमार्फत् गरिरहेका छन् ।

तिम्रो गिरफ्तारी सरकारी रबैया अनि प्रतिक्रियावादी अदालतको कालो कानुन यी सबै कुराले हामीलाई झन् स्थापितिलो, परिपक्व र आक्रोशित तुल्याएको छ । यो आक्रोश क्रान्तिकारीहरुको लागि नयाँ उर्जा र जोश बनेको छ । आशा अनि विश्वास छ, दुश्मनको कालो कोठरीमा तिमीले पाएको यातना र बर्बताले तिमीलाई झन् क्रान्तिप्रति बफादार दृढ बनाउने छ र वर्गदुश्मन प्रतिक्रियावादीहरुप्रति उच्च घृणा पैदा गर्ने छ ।

तिमी यो कलिलो उमेरमा यस प्रकारका राजनीतिक जिम्मेवारीसहित अगाडि बढिरहेका छौँ । तिम्रो हातमा जसरी दुश्मनको हतकडी परेको छ म विश्वास दिलाउन चाहन्छु त्यो हतकडीको मूल्य वर्तमान प्रतिक्रियावादी हलाले सत्ताले अवश्य व्यहोर्नुपर्ने छ । महान् सहिदहरुको रगत, तिमी जस्तै बन्दी योद्धाहरुको अठोट साहस र दृढ संकल्प घाइते योद्धाहरुको सुन्दर सपना क्रान्ति र पार्टीका अमूल्य सम्पति हुन् ।

क्रान्ति अनिवार्य शर्त हुन् । हामीहरुका लागि अगाध प्रेरणा हुन् । क्रान्ति, क्रान्ति र क्रान्ति हामी एउटै सपना हो यो देशलाई सुन्दर स्वाभिमानी देश विकसित देश र समृद्ध देश बनाउनका लागि अहिलेको दलाल सत्ताको अन्त्य अनिवार्य कुरा हो । तसर्थ तिमी जस्तोसुकै कठिनाई जस्तोसुकै आपत–विपतमा पनि क्रान्तिलाई नबिर्सनु १७ वर्षको कलिलो उमेरमा जुन राजनीतिक उचाइ हासिल भएको छ यो सामन्य होइन । २४ गतेदेखि तिम्रो फोटो र भिडियोले नेपालको कुनै पनि मेडिया अलग रहन सकेन । अझै सकारात्मक कमेन्ट यो पहिलो चोटी हो । सायद तसर्थ तिमीप्रतिको लाखौँ विद्यार्थी र जनताको साहनुभूति अमूल्य छ । नेल्सन मण्डेला २७ वर्ष जेल बसेका थिए । सायद उनी जेलको चरम यातनादेखि डराएर दुश्मनको अगाडि झुकेका भए विश्व राजनेता हुने कुरा सम्भव थिएन । आफ्नै पिसाब खुवाउन लगाउने प्रहरीले ती मण्डेलालाई अरु कति यातना दिए होलान् कल्पना गरौँ त ? अहिलेका प्रतिक्रियावादी दलाल सत्तामा बसेकाहरु पनि कैयौं जेल–नेल कयद भोगेर आएका हुन् । स्वयम् दलालहरुको नाईके केपी वली १४ वर्ष जेल बसेका थिए । विपि आफैँ ११ वर्ष जेल बसेका थिए । शेरबहादुर देउवा ७ वर्ष जेल बसे । विडम्वना भन्नु पर्छ हिजो पञ्चायतका विरुद्ध लड्दा जेल बसेकाहरु आज आफ्नो इतिहास पूरै बिर्सेर हामी क्रान्तिकारीलाई कालो कानुनको सहारामा षड्यन्त्रपूर्वक जेल कोची रहेका छन । यसको एउटै जवाफ हो क्रान्ति र तसर्थ क्रान्तिभन्दा बाहिर हामीले सोच्नु हुँदैन । हामी राजनीतिककर्मीका लागि जेल नेल ठूलो कुरा होइन । भनिन्छ, क्रान्तिकारीका लागि हतकडी गहना जस्तै पनि

हो । हतकडी लाग्दाको जीवनको मूल्य भोग्ने र भोगेकालाई थाहा हुन्छ । तिमी रत्तिभर चिन्ता नलिनु, डर नलिनु महान् सहिदको । रगतलाई सम्झिएर देश परिर्वतनको यात्रामा नयाँ संकल्प लिनु । जेल मोर्चा पनि क्रान्तिको एउटा ठूलो मोर्चा तिमी त्यहीबाट त्यो मोर्चा सम्हाल्नु । हामी सुल्ला मोर्चा सम्हाल्छौ । क्रान्तिको जित सुनिश्चित छ । तिम्रो वन्दी जीवन नयाँ इतिहास कोर्न सफल हुनेछ । त्यहीबाट क्रान्तिकारी रचनाहरु लेखेर देश दुनियाँ ब्युझाउने काम गर्नु । मिडियाको तिमीलाई राम्रो सपोर्ट छ । आवश्यक प्रवन्ध मिलाउला । दलालहरुलाई चैनले सुत्न दिनु हुँदैन । विभिन्न लेख रचना गरेर दलालहरुको पर्दाफास गर्ने काम त्यहीँबाट पनि सम्भव छ केही महत्वपूर्ण किताबहरु पठाउने व्यवस्था मिलाउला । त्यहाँ राज्यले दोषी करार गरेका कलिला किशोरहरु छन् तिनलाई राज्यको असली रुप र चरित्र बुझाएर क्रान्तिकारी बनाउनु । जेल मोर्चाबाट क्रान्तिलाई सेवा गर्ने काम तिमीले निरन्तर गर्नु साथै तिमीलाई लगाएको षड्यन्त्रकारी अभियोगलाई गलत सावित गरी निर्दोष सावित गर्ने कानुनी पाटाहरुमा प्रयास जारी छ । एकराज भण्डारी र कपिल चन्द्र पोखरेलसँग म आफैँ निरन्तर कुरा गरिरहेको छु । आश छ, तिम्रो रिहाई जतिसक्दो चाँडो हुनेछ । घरतिरको चिन्ता नमान्नु । प्रेम र दाजुसँग म निरन्तर सम्र्पकमा छु । उनीहरु निराश भएका छैनन् । मैले राम्रोसँग सम्झाएको छु । स्वास्थ्यको ख्याल गर्नु । मलाई निरन्तर त्यहाँको विषयमन विभिन्न माध्यमबाट जानकारी पठाउनु यस पत्रमा यति बाँकी अर्को पत्रमा ।

उही तिम्रो अंकल– हर्कबहादुर वि.क.

(२०७६ साल कार्तिक २७ गते बाल सुधार गृह भक्तपुर ।)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु