घरेलु महोत्वस माघ २३ देखि

२०७० पुष २६ गते, शुक्रबार

काठमाडौं ,२६ पुस । ‘१२औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ र ‘नवीकरणीय ऊर्जा सप्ताह-२०७० माघको तेस्रो सातादेखि हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा माघ २३ गतेदेखि २७ गतेसम्म भृकुटीमण्डपमा मेला सञ्चालन हुनेछ ।
उक्त मेलामा ३ सय ४० वटा स्टल रहने र जसमध्ये २ सय वटा स्टलमा औद्योगिक उत्पादन रहने तथा १२५ वटा स्टलमार्फत नविकरणीय ऊर्जा प्रविधिहरुको प्रदर्शनी गरिने रहने आयोजकले जनाएको छ । १५ वटा स्टलमा भने दिगो निर्माणका अभ्यास परियोजनाले प्रवर्द्धन गरेका प्रविधिहरुको प्रदर्शनी गरिनेे जनाइएको छ ।
नवीकरणीय ऊर्जा सप्ताह-२०७०मा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन हुने घरेलु महासंघका अध्यक्ष शुरेस प्रधानले बताए । पाँचदिनसम्म संञ्चालन हुने मेला १ लाख ५० हजारले अवलोकन गर्ने र १० करोडको आर्थिक कारोवार हुने आयोजकको अपेक्षा छ ।

प्रतिक्रियाहरु