केन्द्रीय जनपरिषद नेपालद्वारा एमसीसी संसदबाट पास नगर्न चेतावनी

२०७८ भाद्र २० गते, आईतवार


काठमाडौँ । केन्द्रीय जनपरिषद नेपालले राष्ट्रघाती एमसीसी संझौता संसदबाट पास नगर्न, जनताको आकाँक्षा र स्वतन्त्र, स्वाभिमान छात्तीमा संसद भवनबाट एमसीसीमा सहि गरेर छुरी नहान्न र आत्मघाती कार्य नगर्न आग्रह गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय जनपरिषद नेपालका प्रमुख सन्तोष बुढा मगरले आइतबार एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्। जनपरिषदका प्रमुख बुढा मगरले राष्ट्रघाती एमसीसी संझौता संसदबाट पास गर्न खोजे त्यसको प्रतिरोध गर्ने र त्यसबाट उत्पन्न हुने समस्याको भागिदार सरकार आफैहुने चेतावनी समेत दिएका छन । यो एउटा सच्चा नागरिक हित चाहने संस्थाको हैसियतले हामी सरकार, सांसद, व्यूरोक्रेसी, नगरिक समाज र यससंग सरोकार राख्ने आम सचेत नेपाली जनतालाई सचेत गराउन चाहान्छौं ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय जनपरिषद नेपालका प्रमुख सन्तोष बुढा मगरले जारी गरेको विज्ञप्ती यस प्रकार रहेको छ – “अस्ती भाद्र १८ गते गृह मन्त्रालयले एमसीसीतिर लक्षित गर्दै ‘विदेशी मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्न र मित्र राष्ट्रहरुको बिरोध गर्नेलाई सूक्ष्म निगरानी गरिने र यस्ता गतिविधि गर्नेलाई प्रचलित कानून बमोजिम कडा कार्वाही गरिने’ भनी एक प्रेस बक्तव्य सार्वजनिक गरिएको र प्रधानमन्त्री शेरवहादुर देउवाको सिफारिसमा हतार–हतारमा मुख्यतः एमसीसी पास गर्ने उद्देश्यले यहि भाद्र २३ गते केन्द्रीय संसदको अधिवेशन आह्वान गरिएको बारे केन्द्रीय जनपरिषद नेपालको ध्यानाकर्षण भएको छ ।
अस्ति १८ गतेका दिन गृह मन्त्रालयले अमूर्त भाषामा एमसीसीतिर लक्षित गर्दै ‘विदेशी मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालन हुने विकास आयोजनाहरुमा र मित्र राष्ट्रहरुको सम्बन्धमा आँच आउने कुनै पनि गतिविधि नगर्न, नगराउन तथा यस्ता अभिव्यक्ति र गतिविधिहरुको सुक्ष्म निगरानी राख्ने, विश्लेषण गर्ने र गतिविधि गर्ने उपर प्रचलित कानून बमोजिम कडा कार्वाही गर्ने’ भनी उल्लेख गरिएको छ । सरकारको यो अभिव्यक्ति कुनै पनि लोकतान्त्रिक÷राज्यसरकारको लागि लोकतान्त्रिक मूल्य मान्यताभन्दा बाहिर भएको, देशका नागरिकहरुलाई सूचनाको हकबाट बञ्चित गर्न खोजेको, एमसीसी जस्ता राष्ट्रघाती परियोजना पास गर्न यसको विपक्षमा उठेका मतहरुमाथि प्रतिवन्ध र दमन गर्न खोजेको, देशलाई फेरी द्वन्द र अशान्तितिर धकेल्न खोजेको, देशका सि¨ो नागरिकले एमसीसी देश र जनताको हितमा नभएको ठहर गरी विरोध गरिरहेको र पूर्ण खारेजको माग गरिरहेको सन्दर्भमा यी सबै नेपाली जनताको भावना र मागलाई लत्याएर हतारमा संसदवाट पास गर्न खोजेकोमा केन्द्रीय जनपरिषद नेपाल आपति प्रकट गर्दछ र सरकारको यो अभिव्यक्ति जनताको मागलाई ध्यान दिदै तुरुन्त फिर्ता लिन अनुरोध गर्दछ ।
सबैलाई थाहा छ सरकारको यो वक्तव्य अमूर्त भएपनि एमसीसीप्रति लक्षित छ । ४ दिन अगाडी मात्र प्रधानमन्त्रीले एमसीसी सदनबाट पास गर्न खोजेको अभिव्यक्ति आउनु, त्यसको दुई दिन पछि गृह मन्त्रालयले यो बक्तव्य सार्वजनिक गर्नु र त्यसको २ दिन नवित्दै यहि भाद्र २३ गते संघीय संसदको अधिवेशनको आह्वान गर्नु र २-३ दिन पछि नै एमसीसीको उपाध्यक्षको नेपाल आगमनले यी सबै सरकारी गतिविधि र अभिव्यक्ति एमसीसी पास गर्नमा केन्द्रित रहेको स्पष्ट हुन्छ । हामी वर्तमान सरकार र प्रधानमन्त्री तथा जनताको मतबाट निर्वाचित माननीय संसद ज्यूहरुसंग यो राष्ट्रघाती एमसीसी संझौता संसदबाट पास नगर्न, जनताको आकाँक्षा र स्वतन्त्र, स्वाभिमान छात्तीमा संसद भवनबाट एमसीसीमा सहि गरेर छुरी नहान्न र आत्मघाती कार्य नगर्न विनम्र अनुरोध गर्दछौं । अन्यथा यसबाट उत्पन्न हुने भावी समस्याको भागिदार आफै हुनु पर्ने छ । यो एउटा सच्चा नागरिक हित चाहने संस्थाको हैसियतले हामी सरकार, सांसद, व्यूरोक्रेसी, नगरिक समाज र यससंग सरोकार राख्ने आम सचेत नेपाली जनतालाई सचेत गराउन चाहान्छौं ।
निश्चय पनि नेपाल नेपालीहरुको हो । हामी नेपालको विकास र समृद्धि चाहन्छौं । हामी कुनै पनि मित्र राष्ट्रको सहि नियतमा प्राप्त हुने सहयोगको स्वागत गर्दछौं गर्नु पर्दछ तर सहयोगको नाममा कुनियत र दूर्नियतका साथ दिइने कुनै पनि आकारको सहयोग, रकम स्वीकार्य छैन । सहयोगको नाममा देश र राष्ट्रियतालाई नै भेटी चडाउने नेपालीहरुको परंपरा र संस्कार पनि होइन । निस्वार्थ र स्वच्छ आत्माले नेपाल र नेपाली जनताको विकास र प्रगतिको लागि कुनै पनि मित्र राष्ट्रले दिने सहयोगप्रति हामी सकारात्मक नै छौं तर एमसीसी जस्ता राष्ट्रघाती परियोजनाको विज्ञ, बुद्धिजीवी, राष्ट्रसेवक सबैले विरोध गर्दागर्दै पास गर्न खोज्नुलाई हामी असाध्य दुखदायी घटना ठानेका छौं । नेपाली राष्ट्रियतामाथि आउने सम्पूर्ण नकारात्मक कदमहरु हामी नेपालीहरुको सरोकारका विषय हुन । यस बारे कुनै पनि नेपालीहरुले उठाउने विषयहरु नेपाल र नेपाली जनताका हितभन्दा बाहिर छैनन् र हुनु हुँदैन तर त्यसैको कारण अभिव्यक्ति स्वतन्त्रता र नागरिकहरुलाई देश, जनता, राष्ट्रका हित र अहित हुने विषयहरुमा सुसूचित हुने अधिकारबाट बञ्चित गर्नु र अभिव्यक्ति तथा अन्य गतिविधिहरुमाथि प्रतिवन्ध र धम्कीको भाषाले फेरी देश कता जाँदैछ भन्नेमा सवै देशभक्त जनताहरुलाई झस्काएको छ । यसप्रति सबै देशभक्त, प्रगतिशील तथा स्वाभिमानी नेपाली नागरिकहरु सचेत रहन, राष्ट्र र जनहितका लागि एकजुट हुन र त्यसका लागि हाम्रो एक्यबद्धता रहेको पनि यहि बक्तव्य मार्फत अवगत गर्दछौं । “

प्रतिक्रियाहरु