जनपत्रकार सङ्गठनद्वारा संयोजक विकलाई तत्काल रिहा गर्न माग

२०७७ माघ ८ गते, बिहीबार

काठमाडौँ । जनपत्रकार सङ्गठन नेपालले सङ्गठनका संयोजक शेरबहादुर विकलाई तत्काल रिहा गर्न माग गरेको छ। संयोजक विकलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरी अछाम पुर्याएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल रिहा गर्न माग गरेको हो । जनपत्रकार सङ्गठन नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिकी कार्यालय सचिव जानकी चौधरीले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै विकलाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले साधारण तारेखमा रिहा गरिसकेको अवस्थामा पनि प्रहरीले पुनः गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर अछाम लगेको भन्दै घोर निन्दा एवम् भत्र्सना गरेकी छिन् । कार्यालय सचिव चौधरीद्वारा जारी विज्ञप्तिमा विचार, आस्था, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संयोजक विकलाई झूट्टा मुद्दामा नफसाउन र अनावश्यक दुःख नदिन पनि आग्रह गरिएको छ ।

प्रतिक्रियाहरु