विद्युत प्राधिकरणद्वारा लोडसेडिङको तालिका सार्वजनिक !

२०७७ माघ ५ गते, सोमबार


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । विद्युत प्राधिकरणको जुम्ला वितरण केन्द्रले मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै लोडसेडिङको तालिका सार्वजनिक गरेको हाे । टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने जुम्ला वितरण केन्द्रले जनाएकाे छ । त्यस्तै विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।
प्रत्येक हप्ता लोडसेडिङको तालिका परिवर्तन हुने पनि जुम्ला वितरण केन्द्रले जनाएकाे छ । सूचनामा लेखिएअनुसार हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द रहने छ । पिक लोडको समयमा वितरण प्रणालीमा पावर अपुग भएमा ग्राहकहरुको लाइनसमेत काटिनसक्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु