हङकङ्गस्थित नेपाली रेष्टुरेन्टमा आगलागी : ७ जना नेपालीको मृत्यु

२०७७ मंसिर १ गते, सोमबार


काठमाडाैं । गएराती हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुदाँ ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन् । उनीहरूकाे सनखत नभए पनि अधिकांश बागलुङ जिल्लाकाे भएकाे बताइएकाे छ । मृतक सातमध्ये क्वांग वाहमा चार र क्वीन एलिजावेथ अस्पतालमा तीन जनाको शव रहेको छ । आगलागीमा परेर कम्तिमा १० जना घाइते भएका छन । घाइतेहरूमध्ये तीन जनाकाे अवस्था गम्भिर रहेकाे छ ।
नेपालीहरुले नै संचालन गरेको एक रेष्टुरेन्टमा आगलागी भएको हो । जन्म दिनको पार्टी मनाइरहदाँ आगलागी भएको त्यहाँ रहेका नेपालीहरुले जानकारी दिएका छन् । आगलागीमा परि सात जना नेपालीको मृत्यु भएको पुष्टि भएकाे छ । अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए।

प्रतिक्रियाहरु