‘क्लिनफिड’सँगै उपभोक्तामा आर्थिक भार थपिने

२०७७ कार्तिक ७ गते, शुक्रबार

काठमाडौं । सरकारले आजदेखि विज्ञापन रहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रम मार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक सात गते देखि क्लिनफिड सहितका विदेशी च्यानल प्रसारण गर्न आग्रह गरेका हुन । क्लिनफिड कार्यान्वयनमा आए नआएको सम्बन्धमा विज्ञापन बोर्डले अनुगमन गर्नेपनि मन्त्री गुरुङले स्पस्ट पारे ।
कात्तिक ८ गते देखि नेपालमा क्लिन फिड लागू नगर्ने कुनैपनि सेवा प्रदायकलाई कानुन अनुसार कारबाही गरिने पनि मन्त्री गुरुङले बताए ।
यसैबीच , सुबिसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले सरकारले विदेशी च्यानलहरुको प्रसारणमा विज्ञापनरहित (क्लिनफिड) लागू गरेसँगै उपभोक्तामा आर्थिक भार थपिने बताएका छन । अध्यक्ष पराजुलीले विज्ञापनरहित प्रसारण हुन थालेपछि ग्राहकले कम्तीमा २५ प्रतिशत थप शुल्क तिर्नुपर्ने अवस्था आउने ठोकुवा गर्दै च्यानलहरुलाई व्यवस्थितरुपमा हेर्न अझै तीन-चार महिना कुर्नुपर्ने पनि उनले बताए । नेपाल सरकरको नीतिअनुसार विदेशी सःशुल्क च्यानलले विज्ञापनरहित विषयवस्तु प्रसारण गर्न साविकको मूल्यमा दिन नसक्नेसमेत उनले बताए ।

प्रतिक्रियाहरु