प्याजमा कालोबजारी गर्ने पक्राउ

२०७७ भाद्र ३१ गते, बुधबार

काठमाडौं । प्याजमा कालोबजारी गर्ने सुनिल केसी बल्खु बजारबाट पक्राउ परेका छन् । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो । टोलीले कानुनी कारबाहीका लागि केसीलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको जिम्मा लगाएको छ । उनको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ । अनुगमनका क्रममा वाणिज्य विभागले अन्य ७ वटा पसललाई हाजिर भएर जरिवाना तिर्न भन्दै पूर्जी काटेको छ । उनीहरुले एक सय ३० रुपैयाँ प्रतिकिलोमा प्यास विक्री गरेको पाइएको थियो ।

प्रतिक्रियाहरु