नेकपा नेतृ भुजेल रिहा भए लगत्तै पुनः पक्राउ

२०७७ जेष्ठ ११ गते, आईतवार


काठकाडौं, ११ जेठ । नेपाल कम्युनिस्ट पार्टी मेचि-कोसी ब्युरो इन्चार्ज उमा भुजेललाई झापा जिल्ला अदालतवाट रिहाइ भए लगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ। उनलाई धनुषा लाने तयारी गरेको बताइएको छ । भुजेललाई प्रहरीले गत पुस १२ गते सुनसरीको चक्रघट्टिबाट झापा जिल्ला इन्चार्ज सुमनसिंह पौडेल सँगै गिरफ्तार गरि सुनसरी राखेको थियोे ।यसअघि सुनसरी जिल्ला अदालत इजलास नम्बर २ मा भएको थुनछेक बहसपछि जिल्ला न्यायधिस धर्मराज पौडेलको एकल इजलासले रिहा गर्ने आदेश दिए पनि उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरी झापा पुर्याएको थियोे । यसअघि सँगै पक्राउ परेका सुमनसिंह पौडेललाई प्रहरीले झापाबाट रिहाइ भए लगत्तै पुनः पक्राउ गरि सुनसरी लगेको छ।
तत्कालीन माओवादीका तर्फबाट गोर्खा जेल ब्रेक गर्ने महिला सदस्य तथा पुर्व सांसद समेत रहेकि नेतृ भुजेलको टोलिले २०५७ चैत्र १७ गते गोर्खा जेल व्रेक गरेको थियोे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु