मिटर ब्याजमा जग्गा हडप्न खाेजेकाे जग्गा कब्जा

२०७६ फाल्गुन ९ गते, शुक्रबार

काठमाडौं, ९ फागुन । जनपरिषद दाङले जग्गा मिटर ब्याज सिस्टममा ठगी गरि हडप्न खाेजेकाे विवादास्पद जग्गा कब्जा गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ बुटनियामा रहेको उक्त जग्गा मिटर ब्याज सिस्टम ठगी गरि हडप्न खाेजेकाेले विवाद समाधान नहुँदासम्म कुनै पनि व्यक्ति वा संघ संस्थाले बिक्रीवितरण नगर्न चेतावनीसहित जग्गा कब्जा गरिएको ब्यानर र अपिल जारी गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीकाे जिल्ला जनपरिषदले दाङले उक्त सूचनालाई वेवास्ता गरि जग्गा बिक्रीवितरण गरेको पाइएमा कडा कारबाही गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।
करिब १५ कठ्ठामा फैलिएको उक्त जग्गा कब्जा किन ?
१) २०६६ सालमा अक्षरुपी ४ लाख ५० हजारमा फिर्ता गर्ने सर्तमा धिताे राखि पटकपटक फिर्ता माग्दा पनि विभिन्न बहाना गरि नदिएको
२) २०६९ सालमा जालसाँची गरि विचाैलियाहरुद्वारा परिबन्धमा पारि दाेस्राे व्यक्तिलाई मिटर ब्याज सिस्टममा छिनुवा दिएको
३) पटकपटक सम्बन्धित व्यक्तिहरुलाई भेटी जग्गा फिर्ता माग्दा उल्टै डर धम्की दिएको
४) विभिन्न राजनीतिक दल, समाजसेवी र प्रशासनकाे राेहबरमा छलफल गर्दा पनि समाधान नदिएको र पिडितले न्याय नपाएको
नाेट: अपिल पत्रमा सम्बन्धित पक्षहरुकाे नाम खुलाइएको छैन । अावश्यकताअनुसार खुलाइनेछ । याे जग्गा काराेबारमा केही कमिसनखाेर, विचाैलियाकाे सम्लंग्नता पनि पाइएको छ । विवाद समाधान नगरी बिक्रीवितरण र कुनै प्रयाेजन गर्न खाेजे अावश्यक कारबाही हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु