भारत र चीनका सेनाबीच ‘मुक्कामुक्की’

२०७६ भाद्र २६ गते, बिहीबार

काठमाडौं, २६ भदौ । भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा झडप भएको छ । भारतीय पत्रिका टाइम्स अफ इण्डियाका अनुसार भारतीय र चिनियाँ सैनिक लद्धाखको सीमा क्षेत्रमा झडपमा उत्रिएका हुन् । पत्रिकाका अनुसार हिजो पूर्वी लद्धाखमा भारतीय सेना गस्तीमा गएका बेला चीनका सेनासंग धेरै बेरसम्म धकलाधकेल र मुक्कामुक्की भएको थियो ।
चिनियाँ सेनाले यस क्षेत्रमा भारतीय सेनाको उपस्थितिको विरोध गरेपछि दुवै पक्षबीच मुक्कामुक्की शुरु भएको हो । घटनापछि दुवै देशले सैनिक संख्या बढाएका थिए । घटना सांझसम्म लम्बिएको थियो । तनावपछि भारत र चीन उच्च सैनिक तहमा कुराकानी भएको बताइएको छ ।
यसअघि पनि दुई मुलुकका सेनाबीच सीमा क्षेत्रमा यस्तै किसिमको घटना भएको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु