उपमेयरको गाडीमा आगजनी

२०७६ असार १० गते, मंगलवार

काठमाडौँ , १० असार । नवलपुरको कावासोती नगरपालिकाका उपमेयर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडिमा गएराती आगजनी भएको छ । राती साढे १ बजे मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा राखिरहेको गाडिमा आगजनी भएको हो । आगजनिबाट गाडिको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवंम डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । उनका अनुसार पेट्रोल छर्केर आगजनी गरिएपनी तत्कालै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुन पाएन। उपप्रमुख मर्दनियाका अनुसार मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका हुन् ।

प्रतिक्रियाहरु