बन्दका कारण देशभरको जनजीवन ठप्पबन्दका कारण देशभरको जनजीवन ठप्प

२०६९ फाल्गुन ८ गते, मंगलवार

काठमाण्डौं । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याको अभियोगमा पक्राउ परेका आफ्ना कार्यकताको रिहाईको माग तथा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रमुख दलहरुको निर्णयको विरोध गर्दै नेकपा-माओवादीले गरेको बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ । नेकपा-माओवादीका कार्यकर्ता सडकका चोक चोकमा भेला भएर प्रर्दशन गरिरहेका कारण कलकारखाना, सवारीका सधान, पसल तथा विद्यालय ठप्प भएका छन् । मुलुकमा विदेशी हस्तक्षेप बढेको, मूख्य दलहरु विदेशीको गोटी बनेको जनाउँदै माओवादीले बन्द आह्वान गरेको हो । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न आरोपितहरुमाथि मुद्दा चलाइएकामा आपत्ति जनाउँदै नेपाल बन्दको आह्वान गरिएको हो । हत्या आरोपमा समातिएकालाई छाड्नुपर्ने माग माओवादीको छ । उसले अहिलेको सरकारको राजीनामा, निर्दलीय सरकार गठनको विरोध, दलहरुकै संलग्नतामा राष्ट्रिय सरकार बनाउनुपर्ने जस्ता माग पनि राखेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु