चापागाउँ ठेचो सडक खण्डमा गाडी चलाउन रोक

२०७६ बैशाख २९ गते, आईतवार

काठमाडौं, २९ बैशाख । सडक निर्माण कार्य अलपत्र छोडेकोले धुलो उडेको, सडक भत्किए पनि निर्माण नगरेको भन्दै स्थानीयले ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत पर्ने चापागाउँ ठेचो सडक खण्डमा गाडी चलाउन स्थानीयले रोक लगाएका छन ।
स्थानीयले ठेचो–टाहाखेल–लेले सडक खण्ड आइतबार बिहानैदेखि अबरुद्व पारेपछि उक्त सडक भएर दक्षिण ललितपुर जाने गाडी रोकिएका छन । गोदावरी नगरपालिकाको वडा नम्बर १०, ११ र १२ मा यातायात चलाउन रोक लगाइएको हो । स्थानीयले सडक अबरुद्व गरेपछि अहिले चापागाउँ क्षेत्रका बजार समेत बन्द गरिएको छ । स्थानीयका अनुसार माग सम्बोधन नभए सोमबारदेखि अनिश्चितकालीन बन्द गरिनेछ । तर एम्बुलेन्स, दूध बोकेका ट्याङ्कर, तरकारी बोकेका सावरीसाधान, स्कूलका गाडी र कक्षा ११ का विद्यार्थी बोकेको गाडीलाई चल्न दिइएको छ । आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सडक अवरुद्ध गरिने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु