चुनावको मिति सार्न तयार

२०७० श्रावण ३० गते, बुधबार

काठमाडौं,३० साउन – नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चासँगको वार्तामा उच्च स्तरीय राजनीतिक समिति चुनावको मिति सार्न तयार भएको छ । मोर्चाले चुनाव सार्न माग गरेपछि समितिले अहिलेकै विधि र प्रकृयामा हुने चुनावमा भाग लिने हो भने आफू चुनाव सार्न तयार रहेको बताएको छ ।
वार्तापछि पत्रकारसित कुरा गर्दै एमाले नेता रघुजी पन्तले नेकपा माओवादी नेतृत्वको मोर्चा अहिलेकै विधिमा चुनावमा आउँछ भने मिति सार्न समितिले सहमति जनाएको बताए । अहिले मधेसी जनअधिकार फोरम नेतृत्वको मोर्चासँग समितिको वार्ता जारी छ ।
मंगलबारको वार्तामा समानुपातिक सिटसंख्या, उच्चस्तरीय राजनीतिक समिति निष्क्रिय गर्ने र मतदाता नामावली संकलन गर्ने लगायतका कुरा मिलेकाले आज सहमति हुने सम्भावना रहेको नेताहरुले बताएका छन । सोमवार बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले बुधबारसम्ममा वार्ता गरिसक्ने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु