स्नेहको भेल – वैरागी जेठा

२०७४ फाल्गुन १७ गते, बिहीबार

सिरियाका आकाशमा
धूवाँका चुल्ठाहरू फैलिरहेछन्
झाँक्राद्वारा ठूलो शोक पारिरहेछन्
वसन्तको आँगनमा !
कालरात्रीमा
हल्लीरहेको कालो चुल्ठोझैँ
सिरिया हल्लेको छ
बालबालिकालाई मासुको चक्टो सम्झेर
बूढो गिद्दले लुछेझैँ लुछिरहँदा
मानवहृदय , चुपचाप छ !
बमका
उत्पातहरूलाई देखेर
मन दुःखी बनेको छ
धुरीमा बसेर कराईरहेका कौवाहरू
आँसु बगाईरहेका छन्
उपर्ना ओढेर
व्याकुल बन्न वाध्य
म !
झन्झनाईरहेँ
घाँटी उठाउँदै कराईरहेका
स–साना बालबालिकाहरू
एकाएक ठोकिन्छन् ।
आँखाले हेर्नै सक्दिन
कुरुप मानवता !
घरको संघार
रातो रेश्मीको आकारलिएर बलिरहेछ
झ्याल ढोका जलिरहेछन्
संसारमा मानिसहरू छैनन्
इति बेला
क्ठै सिरिया
शेकाग्निमा प्रवेश गरिरहेछ
समाचार सुन्दा
धैर्यको बाँध फुट्छ
दुःखका हिउँ पग्लिरहेछन्
हिँड्दा हिँड्दै
सलाईको काँटी घोट्नै नपर्नेगरी
आगो पैदा हुन्छ !
आफैँ लीनहुन पुग्छु
पैदल यात्रामा

सिरिया डढाएर भस्मसात् गर्दै
बम पड्काईरहेछ
सोच्ता सोच्तै
शरिर उम्लिन्छ
अहिले गएर सबै पोलौँ !
कलिला बालकहरू
न्याय मागिरहेछन्
मायाको आलिङ्गन मागिरहेछन्
बूढो गिद्दझैँ उनीहरू लुछिरहेछन्
हिंस्रक जनावरले जस्तै
निष्ठुरी शासकहरू !
प्यारा भाई वैनिहरू
ह्ृदयका गीत गाइरहेछन्
बगरेझैँ उन्माद मान्छेहरू
बन्दुक, चक्कु प्रहार गरिरहेछन्
म !
ति बालबालिकालाई बिर्सने छैन
तिनै बालकका नाउँमा
कविहरू कविता उनिरहेछन्
व्याधाहरूसँग कैल्यै मिल्ने छैन
आफुलाई सह्मालदै
कण्ठबाट अङ्कमाल गरिरहेछु
अपसोच छ !
प्यारा भाइबैनीहरूसँग
सँगै उभिने मौका मिल्न सकेन
दाह पैदा भइरहेछ !
कान्ति भङ्गगर्दै !
ए ! बकुल्लाहरू
समुद्रबाट पानी ओसार छिटो
अलाप गरिरहेका
बालबालिका बचाउन
बेग बेगले दगुर
राजहाँसहरू !
झार उर्लँदो बेगझैँ
पानीका झर्नाहरू
मूच्र्छा भएको , सिरिया बिउँताउँन
अन्धकारले ढाकिएका
आकाश खुल्ला पार्न
यति बेला !
स्नेहको भेल बगाओ
ए ! चरी हो ।
मान्छेहरू जोगाउँन
आँधी भएर उड
सबैले प्रयोग गरौँ शास्त्रहरू
सिरिया भूमिमा !
धर्ती चिरेर फारेर
लुक बाबु नानी हो !
प्रभाति चरा कराइरहेछ
मान्छेहरूसँग
चेतना हराएको यो समय
ज्यूँदै मरिरहेछ मान्छे
मानिस पदको अपहेलना गरेर
खरानी बनाइरहेछ
वस्तीमा डँढेलो लगाएर
निस्फिक्री पखेटा खोलेर
समुद्रतिर दगुर
भटेर चरी
आत्तिएर , निसास्सिएर नीला
भएका बाबु नानीहरूको
उद्दार गर्न
अमृतका धारा बगाओ छिटो
विध्वंस र विस्फोट बोकेर
उडिरहेका चिलगाडीहरू रोक्न
फणि उठाऊ
मानव चरीहरू हो !
उपद्रवीहरूको हमला रोक्न
चारैतिर दौड !
अर्थहिन न्यायाधीशहरू
खै ? कहाँ छ ?
मानव सभ्यताका कानून !
कैल्ये रोकिन्छ
जातिय युद्धहरू
मनपरी बोलिने भाषाहरू
पाठशालामा पढाइ हुन थालेपछि
हामी पनि घेरामा परेकै हौँ
अब !
आमाचकारीहरू बन्द हुनुपर्छ
सिरिया बचाउन
प्रलयङ्कर भयङ्कर विस्फोटहरू
मानवहृदयले रोक्नुपर्छ !
गौरीशङ्करका
गरुडहरू रुद्रास्त्र लिएर
चिमालहरूसँगै जाऊ
सिरिया वस्तीतिर !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु