दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय

२०७४ माघ २ गते, मंगलवार

काठमाडौँ, २ माघ । सर्वोच्च अदालतले दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको छ । अदालतले मनाङबाट प्रदेश सांसद बनेका दिपक मनाङेलाई कर्तब्य ज्यान मुद्दामा पाँच वर्ष जेल सजाय सुनाएको हो । न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको हो । यो फैसलासँगै सपथ नै नलिई मनाङेको पद स्वत: निलम्बनमा परेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु