थपलियालाई तत्काल रिर्हा गर्न माग
काठमाण्डौ , २ मंसिर । क्रान्तिकारी पत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघका सदस्य समेत रहेका अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय महासचिव एवम् प्रगतिशील लेखक संघ प्रलेसका उपाध्यक्ष खेम थपलियालाई प्रहरीले विनाकारण पक्राउ भन्दै विरोध जनाएको छ । संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले एक विज्ञप्ती जारी गर्दै पत्रकार तथा साहित्यकार थपलियालाई तत्काल बिनाशर्त रिर्हा गर्न माग गरेका छन । प्रहरीले श्रृंखलाबद्ध रुपमा पत्रकार तथा सर्वसाधारण नागरिकलाई राजनीतिक आस्था राखेकै भरमा गिरफ्तार गर्ने कार्य तीब्र पारेको भन्दै उनले यस्ता कार्य तत्काल रोक्न पनि माग गरे ।
अध्यक्ष चलाउनेले सरकार जवरजस्ती द्वन्द्वको वातावरण सिर्जना गर्न लागिपरेको भन्दै यसलाई रोक्न सम्पूर्ण पत्रकार, नेपाल पत्रकार महासंघसहित पत्रकारका संघसंस्था, राष्ट्रिय मानवअधिकार आयोग तथा मानव अधिकारकर्मीहरुलाई आवाज उठाउन आग्रह समेत गरेका छन ।