प्रचण्ड सरकारको हस्तक्षेप लज्जाजनक

२०७४ बैशाख ६ गते, बुधबार

काठमाडौं , ६ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले नेकपाको शान्तिपूर्ण कार्यक्रममा बन्देज लगाएको छ । यसैबिषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अाफ्नो पार्टीद्वारा अायोजित कार्यक्रममा गरिएको प्रहरी हस्तक्षेप र नेता-कार्यकर्ता गिरफ्तारीलाई लज्जाजनक भन्दै भत्सर्ना गरेका छन् । ‘चार स्थान (कञ्चनपुर, बुटवल, जनकपुर र विराटनगर) मा जनजागरण सभा आयोजना गरिएको थियो । आश्चार्यको कुरा शान्तिपूर्ण जनजागरण सभामा लाज पचाएर प्रचण्ड सरकारले सबैतिर प्रहरी हस्तक्षेप गरेको छ भने ललितपुर, काठमाडौं, बाग्लुङलगायत देशभरि जागरण अभियानमा हिँडेका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । प्रचण्ड, विमलेन्द्र प्रशासनको यो लज्जाजनक हस्तक्षेपको हामी घोर भत्सर्ना गर्दछौं साथै कार्यक्रमहरुमा भइरहेको दमन र हस्तक्षेप बन्द गर्न आग्रह गर्दछौं’ विप्लवले भनेका छन् ।
महासचिव विप्लवले एक विज्ञप्ति जारी गरेरे राजनैतिक स्वतन्त्रताको खिल्ली उडाउँदै सरकारले कार्यक्रममाथि हस्तक्षेप गरेको भन्दै जनताको राज्य व्यवस्था नभएको र प्रतिक्रान्ति र प्रतिगमन भएको पुष्टि भएको बताएका छन् ।
प्रहरी हस्तक्षेपद्वारा अाफ्नो पार्टीले सुरु गरेको अभियान नरोकिने भन्दै विज्ञप्तिमा भनेका छन्, ‘हामी प्रचण्ड–विमलेन्द्र सरकारलाई जानकारी र चेतावनी दिन चाहन्छौं कि हाम्रो अभियान वैशाख महिनाभरि जनजागरण सभा, प्रदर्शन, जुलुस, प्रचारप्रसार चलिरहने छ, यो अभियान कुनै पनि प्रहरी हस्तक्षेपद्वारा रोकिने छैन ।’ विप्‍लवले राजनैतिक कार्यक्रमहरु गर्ने सहज वातावरण बनाउन माग गर्दै दमन र हस्तक्षेप नरोकिए त्यसबाट उत्पन्न परिणामको जिम्मा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विलेन्द्र निधिले लिनु पर्ने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा महासचिव विप्लवले चुनाव खारेज तथा जनजागरण अभियानमा दृढतापूर्व अगाडी बढ्न नेता-कार्यकर्ता अपील गर्दै जनताको अधिकार, देशको स्वाधीनता, शान्ति र समृद्धिको चिन्ताको पूरा गरिछाड्ने बताएका छन् ।
महासचिव विप्लवले जारी गरेको विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “आज देशका चार स्थान (कञ्चनपुर, बुटवल, जनकपुर र विराटनगर) मा जनजागरण सभा आयोजना गरिएकोथियो । आश्चार्यको कुरा शान्तिपूर्ण जनजागरण सभामा लाज पचाएर प्रचण्ड सरकारले सबैतिर प्रहरी हस्तक्षेप गरेको छ भने ललितपुर, काठमाडौं, बाग्लुङलगायत देशभरि जागरण अभियानमा हिंडेका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । प्रचण्ड, विमलेन्द्र प्रशासनको यो लज्जाजनक हस्तक्षेपको हामी घोर भत्र्सना गर्दछौं साथै कार्यक्रमहरुमा भइरहेको दमन र हस्तक्षेप बन्द गर्न आग्रह गर्दछौं ।
संसदवादी दलहरुले राजनैतिक स्वतन्त्रता र प्रजातन्त्रको नारा दिनरात भट्याइरहन्छन्त्यसमा पनि प्रचण्डको सरकार छ । विडम्वना ! उनीहरुले नै भन्ने गरेको राजनैतिक स्वतन्त्रताको खिल्ली उडाउँदै यस्तो हस्तक्षेप र दमन गरिएको छ । यो हस्तक्षेपले हाम्रो पार्टीले
भनिरहेको नेपालमा जनताको राज्य व्यवस्था छैन । यहाँ प्रतिगमन र प्रतिक्रान्ति भएको छ भन्ने सत्यलाई नै प्रमाणित गरेको छ ।
हामी प्रचण्ड–विमलेन्द्र सरकारलाई जानकारी र चेतावनी दिन चाहन्छौं कि हाम्रो अभियान वैशाख महिनाभरि जनजागरण सभा, प्रदर्शन, जुलुस, प्रचारप्रसार चलिरहने छ, यो अभियान कुनै पनि प्रहरी हस्तक्षेपद्वारा रोकिने छैन । हामी चाहन्छौं राजनैतिक कार्यक्रमहरु गर्ने
सहज वातावरण बनाइयोस्, राज्यले चालेका सबै दमन र हस्तक्षेपहरु बन्द गरियोस् अन्यथा सरकारको दमनका कारण पैदा हुने परिणामको जिम्मेवार प्रचण्ड–विलेन्द्र नैहुनु पर्नेछ ।
अन्त्यमा हाम्रा सबै क्रान्तिकारी कमरेडहरुलाई राज्य दमनको कुनै प्रवाह नगरी प्रतिक्रियावादी संसदीय व्यवस्थाको चुनाव खारेज तथा जनजागरण अभियानमा दृढतापूर्वक अगाडि बढ्न अपिल गर्दछौं । हामीलाई दमन र आतंकको कुनै प्रवाह छैन । हामीलाई जनताको
अधिकार, देशको स्वाधीनता, शान्ति र समृद्धिको चिन्ता र दायित्व छ । हामीले त्यसलाई पूरा गरिछाड्नु पर्छ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु