चलचित्र पञ्चायतको फस्ट लुक पोस्टर सार्वजनिक

२०७३ चैत्र २७ गते, आईतवार

काठमाडौँ, २७ चैत । चलचित्र पञ्चायतको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । रामनवमीको पाबन अबसरमा चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिकसँगै प्रदर्शनको मिति तय गरिएको छ । आगामी २००७४ फागुन १८ गते बाट प्रदर्शनमा आउने भएको छ चलचित्र पञ्चायत । मे महिनाको अन्तिममा अमेरिकामा चलचित्रको प्रिमियर गरिने निर्माण पक्षले जनाएको । ५० बर्ष पुरानो कथा बोकेको नेपाली चलचित्र पञ्चायतमा सरोज खनाल र निता ढुङगानाको मुख्य भूमिका रहेको छ । चलचित्रमा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, बिशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको अभिनय रहेको छ ।
ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने चलचित्र पञ्चायतको लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् । गणेश गिरिको प्रस्तुति रहेको यस चलचित्रलाई सुशान्त श्रेष्ठ र शंकर सुवेदिले निर्माण गरेका हुन् । सञ्चारकर्मी रबि अधिकारी चलचित्रका कार्यकारी निर्माता रहेका छन्।
चलचित्रमा टङ्क बुढाथोकि सङ्गीत, रामेश्वर कार्कीको छायांकन तथा बिपिन मल्लको सम्पादन रहेको छ । चलचित्रको टीजर बैशाख १ गते रिलिज गरिने जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु