कक्षा ११ र १२ को परीक्षातालिका सार्वजनिक

२०७३ माघ १६ गते, आईतवार

काठमाडौं, १६ माघ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।
कार्यालयले सार्वजनिक गरेको सूचनाका अनुसार कक्षा १२को परीक्षा आगामी वैशाख १० गतेदेखि सुरु हुनेछ । त्यस्तै कक्षा ११को परीक्षा वैशाख २४ गतेदेखि सुरु हुनेछ । कक्षा ११को परीक्षा जेठ तीन गतेसम्म सञ्चालन हुनेछ भने १२ कक्षाको वैशाख २२ गते सकिने छ ।सँगै परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीहरुलाई सामयमै परीक्षा आवेदन फाराम भर्न सूचना प्रकाशित गरेको छ ।

प्रतिक्रियाहरु