बिश्वास – इन्द्र थेगिम

२०७३ पुष १५ गते, शुक्रबार

बिबाह गरि जाने छोरी र कमाउन जाने छोरा एउटै भयौं।
बुढेसकालको आमाबुवालाई,
न बिहान् बेलुका स्याहार्नै सकियो
न त समयमा ओखती मुलो नै।
हरेक चोटि फोनबाट नसोधेको त कहाँ हो र?
कि आजभोलि कस्तो छौ भनेर।
उत्तर मा,
सुर्ता नगर् बांचिरहेका छौं।
बरु तेरो सुना के छ खबर ?
बिश्वास त्यो चिज रहेछ जो एक अर्काको दिल जोडिरहने।
नत्र कसरी थाहा पाउँदा हुन् तीनले,
कि मेरो स्वर कांपिरहेछ भनी।
ठूलो स्वरले बिश्वास दिलाउछन् जानाजानि।
हरेक पटक ठेस् लाग्दा, ऐय्या! भन्नुअघि झझल्को आईरहने।
के छ जादु तिनिहरुमा त्यस्तो?
कि हरेक दु:ख कस्ट मा पनि,
केही नभए जस्तो,
पहाड झैं अटल भइरहन सक्ने?

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु