त्रिशुली३ ए को क्षमता वृद्धि निर्णय फिर्ता

२०७० जेष्ठ २९ गते, बुधबार

काठमाडौं, २९ जेठ– सरकारले अन्ततः विवादास्पद त्रिशुली–३ ए को क्षमता वृद्धिको निर्णय फिर्ता लिएको छ । सर्वत्र विरोधपछि दबाब थेग्न नसकेर सरकारले घुँडा टेकेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले निर्णय फिर्ता लिइएको बताए । विद्युत प्राधिकरण सञ्चालक समितिले १७ जेठमा आयोजनाको क्षमता वृद्धि गरी ९० मेघावाट बनाइ चिनिया कम्पनीलाई निर्माण ठेक्का दिने निर्णय गरेको थियो । करिव ६ घण्टा बसेको बैठकमा अधिकांश सदस्य निर्णय फिर्ता लिने पक्षमा रहेपनि उर्जा सचिव हरिराम कोइरालाले अन्तिमसम्म पनि क्षमता विस्तारको अडान छाडेका थिएनन् । उर्जा मन्त्री उमाकान्त झा, प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादव लगायतले निर्णय विरुद्ध कर्मचारीले गरेको आन्दोलन थेग्न नसकिने भन्दै फिर्ता गर्नुपर्नेमा जोड दिएको स्रोतले जनाएको छ । प्राधिकरण संचालक समितिले त्रिशुली थ्री ए जलविद्युत आयोजनाको क्षमता ६० बाट ९० मेगावाट बनाउने निर्णय गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो । विरोध स्वरुप प्राधिकरणका कर्मचारीले कामकाज ठप्प पार्नुकासाथै मन्त्री निवासमा दैनिक ४ घण्टासम्म विद्युत आपूर्ती कटौती गर्दै आएका थिए । यसैबीच, सरकारले आफूहरुको मुद्धाले सरकारले घुँडा टेकेको भन्दै नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले रत्नपार्कस्थित प्राधिकरण कार्यालयमा विजयोत्सव मनाइरहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु