कात्तिक २८ गते नेपाल बन्द

२०७३ कार्तिक १ गते, सोमबार

काठमाडौं, १ कार्तिक । नेकपा (माओवादी) ले आगामी कात्तिक २८ गते नेपाल बन्दको आव्हान गरेको छ । माओवादीले अनियत्रित महङ्गीलाई सरकारले पक्षपोषण गरेको भन्दै त्यसको विरुद्धमा यस अघि नै सङ्घर्षको कार्यक्रम घोषणा गरिसकेको छ । पार्टी प्रशिक्षण र जनश्रममा जुटेको नेकपा (माओवादी) ले छठ पर्ब लगत्तैखाद्य सम्प्रभुताको संघर्षलाई चर्काउने भएको छ । माओवादीले कात्तिक २८ गते नेपाल बन्द लगायतका संघर्षका कार्यक्रमलार्इ अगाडि बढाउने पार्टीनिकट स्रोतले बताएको छ । महंगी,कालोबजारी,भष्टाचाविरुद्धको संघर्षलाई अगाडि बढाउँदै आएको माओवादीले पछिल्लोचरण खाद्य सम्प्रभुता सुनिश्चितालाई मुख्य एजेण्डा बनाएर संघर्ष गरिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु