‘आगो निभेको छैन’ बजारमा

२०७३ आश्विन ६ गते, बिहीबार

काठमाडौं, ६ असोज । वरिष्ठ पत्रकार हरिहर विरहीद्वारा लिखित पुस्तक ‘आगो निभेको छैन’ आजदेखि बजारमा आएको छ । फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तकको विहीबार राजधानीमा आयोजित कार्यक्रममा विरही स्वयं, विद्या घिमिरे र गुणकुमारी कोइरालाले संयुक्तरुपमा विमोचन गरे । लोकतन्त्रका लागि भएका आन्दोलनहरुमा आफ्नो सहभागिता, जेलजीवन, पत्रकारितामा भोगेका अनुभवहरु पुस्तकमा समेटिएका छन् ।
३ सय ३३ पृष्ठ लामो पुस्तकमा प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्षको व्याख्या पनि गरिएको छ । पुस्तक लोकार्पण समारोहमा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री विमलेन्द्र निधि, प्रदीप गिरि, पत्रकार विजयकुमार पाण्डेलगायतले विरहीको योगदानबारे चर्चा गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु