सरकार र मधेसी मोर्चाबीचको वार्ता निष्कर्षहीन

२०७२ कार्तिक १२ गते, बिहीबार

काठमाडौं, १२ कात्तिक । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज भएको वार्ता निष्कर्षविहीन भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको वार्तामा सरकारी वार्ता टोलीले सीमांकनका विषयमा स्पष्ट खाका पेश गर्न नसकेपछि निष्कर्षविहीन भएको बताइएको छ । मोर्चाले अहिले प्रदेश नम्बर १ मा रहेको झापा, मोरङ र सुनसरी तथा प्रदेश ७ मा रहेको कैलाली र कन्चनपुरलाई तराईमा बन्ने २ वा प्रदेशमा समेट्नुपर्ने अडान कायमै राखेको छ । मोर्चाका वार्ता टोलीका सदस्य तथा सद्भावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्णले सरकारी वार्ता टोली आजपनि ठोस रुपमा प्रस्तुत नभएको बताए ।
सरकारी वार्ता टोलीका संयोजक कमल थापाले सीमांकनको विवाद मिलाउन संविधानमा भएको व्यवस्थाअनुसार आयोग बनाउने र त्यसबाट विवाद नटुंगिए राजनीतिक सहमतीमा सीमांकन परिमार्जन गर्ने प्रस्ताव राखेको जानकारी दिए । तर मधेसी मोर्चाले दुवै प्रस्तावलाई अस्वीकार गरेको उनले बताए ।

प्रतिक्रियाहरु