हुण्डी व्यवसायी बैद्य माओवादीको केन्द्रिय सदस्य

२०७१ फाल्गुन १८ गते, सोमबार

काठमाडौँ । नेकपा- माओवादीको केन्द्रिय सदस्यमा हुण्डी व्यवसायी कर्ण शाही चयन भएका छन् । बिप्लबले पार्टी पुनर्गठन गरे पछि पछी बैद्य माओवादिमा खाली केन्द्रिय सदस्यमा केही थप गरि ९९ सम्मको केन्द्रिय समिति बनाउने निर्णय राष्ट्रिय सम्मेलनले गर्यो ।त्यसै क्रममा बेलायतबाट कर्ण शाही परे जो २०११ मा पार्टी सेक्रटरीमा चरम असक्षम भई हङकङमा पूर्ण लोक्सोमलाई नेतृत्व सुम्पन्न बाद्य भएका थिए । त्यस पछीको समय पूर्ण लोक्सोमको नेत्रित्वमा पुराना समस्याहरुको निराकरण गर्दै पार्टी नयाँ ढंगमा सक्रिय रह्यो भने कर्ण शाही प्राय: निस्क्रिय भई युनियन नेपाल सर्भिस युके लिमिटेड नामक आफ्नो हुण्डी ब्यबसायमै ब्यस्त रहे । कर्ण शाही इस्वी संबत २००७ मा स्थापित दर्ता नं ०६२६५२१३ (https://www.companiesintheuk.co.uk/ltd/union-nepal-services) को सो कम्पनिका मालिक हुन् । नेपालको पैसा नेपाल मै र बेलायत को पैसा बेलायमा राखी बिचको फाइदा खाने ब्यबसाय हुण्डी हो, जुन प्रक्रियाबाट अरबौ रुपैया राजस्व घाटा राष्ट्रलाई हुने गर्दछ । यस्ता ब्यबसायीले कानुनी झमेलाबाट बच्न सामान्य कम्पनि दर्ता गरि २-४ प्रतिशत काम कम्पनिबाट गर्ने गर्दछन भने अधिकांश काम देशको राजस्व छली गरि गर्ने गर्दछन । राजस्व ठगि गरि हुण्डी गरि खानेको अन्तरास्ट्रिय संजाल रहेको र हाल हरेक देशमा सक्रिय रहेका छन । यसरी देशको राजस्व ठगि गर्ने ब्यबसायी अझ पार्टीलेनै असक्षम ठानेको व्यक्तिलाई केन्द्रिय सदस्य छानिनुले माओवादिले दिने गरेको राष्ट्रवादको फोस्रो नारा उदांगो भएको छ ।
चन्द माओबादीमा पनि केन्द्रिय सदस्यको लागि कोशिस गरेका शाहीको माओबादी पार्टी एक छदा बर्षौ बैठक राख्न नसकेको र कार्यक्षमतामा गम्भीर समस्या दखिएको भन्दै ९५ प्रतिसत बढी जिल्ला समिति सदस्यहरुले २०११ मै निस्कासनका लागि केन्द्रमा सिफारिस गरेका थिए । अझ रमाइलो कुरा त पार्टी नेता सी पी गजुरेलले नै बेलायत आई निज कर्ण शाहीले राम्रो काम नगरेको भनि मानार्थ इन्चार्ज पदको सिर्जना गरि पार्टी सेक्रटरीको नेतृत्वबाट मुक्त गरेका थिए भने गत महिना उनै गजुरेलले निज शाहीलाई केन्द्रिय समितिमा सिफारिस गर्नुलाई सबैले बेलायतमा बिबिध आसंकाका साथ हरेको पाइयो । हुनत पहिला एकै पार्टीबाट आएका हाल विदेश बिभागमा रहेका सम्भ्रान्त परिवारका गुप्त ब्यबसाय प्रेमी मनोज जंग थापाको भूमिका रहेको पनि धेरैको आकलन छ । पार्टी केन्द्रमा मुल्याकंन गलत भएको, चाप्लुसी र धनबाधको आधारमा टिका लगाईने प्रबृत्ति हावी भएको र पार्टी लाईनमा अस्पष्ट, निस्क्रिय र सुन्य जनमत तथा लोकप्रियता भएका शाहीलाई केन्द्रिय सदस्य बनाई सिंगो पार्टीको बेइजति गर्दै योग्य कार्य कर्ताको अबमुल्यन गरिएको भनी बेलायत पार्टी समितिका सदस्यहरु दुखेसो पोख्ने गर्दछन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु