मलेसियामा नेपालीले नेपालीलाइ नै ठगे

२०७१ कार्तिक २९ गते, शनिबार


काठमाडौँ । मलेसियामा नेपालीले नेपालीलाइ नै ठगेको समचार प्रप्त भएको छ । पिडितहरुको भनाइ अनुसार “विगत लामो समय देखि मलेसियाको security services sdn.bhd मा सेक्युरिटी गार्डको काम गर्दै आएका बाग्लुङ जिल्ला घर भएका वर्ष २४ का नाम बहादुर थापा र बाग्लुङ जिल्ला कै उपनाम नरेश भनेर चिनिने नर बहादुर गुरुङ वर्ष २९ को ले आफ्नो घरमा समस्या पर्यो भन्दै यहाँ मलेसियाको निलाईको kJM कम्पनीमा काम गर्ने हामी नेपाली दाजुभाइले सहयोग गरेका थियौ । एकाएक राती अकस्मात डिउटी छोडेर भागेको कुरा बिहान थाहा भयो। निज ब्यक्तिहरुले यहाँका स्थानीय बासिन्दा बाट र संगै काम गर्ने सेक्युरिटी गार्ड साथीहरू बाट ठुलो रकम असुल गरि फरार भएको थाहा हुन आयो । भाग्ने ब्याक्तीले आफ्नै साथीहरू बाट 2014 नोभेम्बर 12 तारेखका दिन निम्न ब्याक्ती बाट सुर्खेत जिल्ला लाटिकोईली ५ का उपनाम गोर भनेर चिनिने मान बहादुर बि क बाट मलेसिया रिंगट ४४०० सय नाम बहादुर थाहाले लिएको र अर्का नर बहादुर गुरुङले २००० रिंगट लिएको र यसैगरी क्रमशः १.मान बहादुर बिक RM६४००
२.धनिराम सिमखाडा बाट RM २०००
३. यम बहादुर गर्भुजा मगर बाट RM १०००
४.गोबिन्द बाट २०००
५.सुरज भण्डारी १०००
६.हेमराज लिङ्देन ६००
स्थानीय गार्डबाट र अन्य कम्पनीमा कार्यरत नेपाली दाजुभाइबाट थुप्रै रकम उठाएर लिएको खुल्न आएको छ। अर्काको रगतपसिनाको कमाई लुटेर खाने लुटेरा हरुको यी फोटो हेरि चिन्नु हुने सम्पुर्ण साथीहरूले पीडित साथीहरू लाई सम्पर्क गरिदिनहुन यो सूचना सबैमा सुचित गरिन्छ। हामीलाई सूचना दिई सहयोग गर्ने साथीहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क गर्ने साथिको नाम सुरक्षीत गोप्री राखिनेछ !
सम्पर्क नं ०१६६८०७५४१
०१६६७१०७१४ मलेसियाको लागि
नेपालको सम्पर्क नंम्वर ९८४८२१५१३७
८९४४८३४९९०”

प्रतिक्रियाहरु