दसैँ , वैदिक इतिहास र सांस्कृतिक पक्ष – नरेन्द्रजंग पिटर

२०७१ आश्विन २१ गते, मंगलवार


दसै त वित्यो तर दसैंवारे नै छलफल गरौँ । आखिर के हो दसैं कसरी पर्व सुरुवात भो ? पर्वको आधुनितामा के असर छ ? बजार, आस्था, आध्यात्म, युद्धगाथासंग दसैले के कस्तो महत्व राख्छ – सम्क्ष्िप्तमा चर्चा गरौँ ।
अहिले देश भित्र र वाहिरका अधिकांस नेपालीमा दसैंको रन्को क्रमशः हराँउदै छ । जो, जस्तो, सोच विचार र आस्था राख्छ,औकात छ त्यस्तै उस्को दसैंहुँने गर्छ । तपाईले पनि सोच अनुसारनै दसैँ मनाउनु भयो । देशमा हुँनु भो कि विदेशमा ! अव कसरी मनाउनु भो त दसैं- पुस्तौनी थलोमा गएर कि कर्मथलीमै रहेर ! शक्तिको आराधना गरेर की पारिवारिक मेलजोल गर्दै मान्यजनको आर्शिवाद लिएर ! औकातको तुजुग देखाएर कि, मिडिया शुभकमना छपाएर ! पिएर कि पियाएर ! फेस बुकमा दही जमारा सजाँउदै भिडियो च्याटमा टिका थाप्दै, टिका लगाँउदै, खसी ढालेर….लौका, घिरौला वा कुभिण्डोको बली दिएर ! कोतलाई कसरी पुज्नुभो – शक्ति पाँउन, हत्याउन र सुरक्षित गर्न हतियारमा साँध कसरी लगाउदै उध्याउनु भो ! बलीको महात्म्य कसरी कहनु भो ! कतै तन्त्रविध्याको आरधना त कालरात्रीमा गर्दै हुनुहुन्न ! चचहै भन्ने रोटे र लिंगे पिँग अधिकांस गाँउबाट हर्राईसके । लौ ठिकै छ, जे जस्तो सोच, मान्यता, औकात र सांस्कृतिक धरातल छ त्यस्तै मनाउनस् । संवेदना सकिँदै गएको समाजमा अर्थहीन शुभकमनाका लस्करहरु लागेर आँउने होलान् । नआओस् भन्दा पनि विध्युतिय बाटो खोजे । फेस बुकपथबाट झुल्किदै, र्टर्ुइटर भएर हस्तक्षेप गर्दै, । कति आए हुँन् यसयमयसहरु …. नखरमउलो बनेर आउने शुभकामनाको बाढीले औपचारिकमा रहने माया, प्रेम, संमान, सास्कृतिक चेत अत्यन्तै सिमित पारिदिए होलान । मिडियाका पाना शुभकामना र बम्पर उपहारले भरिए । अव सुन्नुस् म कहन्छु दसैं….महात्म्य । दसै एक, अर्थ अनेक छन् ।
वैदिकइतिहासमा दसैं
दसैँका बैद्धिक कथा राम, रावणका कथा ह्ँन या देवासुर संग्राम वा महिषासुर बध कुनै दैवी घटना नभएर वैदिकइतिहासका प्रसंग हुँन । दसै, दशहरा, बिजोया, आयुध पूजा भनेर वैदिकएतिहासमा उल्लेखित दसैंआर्यहरुकोविजय गाथा र दुइ सभ्यता बीचको टकराहट हो । देवासुर संग्राम यस उपमहाद्धिपमा आर्य आगमनसंगै रैथाने अनार्यसंगको आइरन एज भिडिन्त वेद्धिक इतिहास हो । जित्ने देवता बने र हार्ने असुर । १९९०को जनगणना अनुसार असुर वैद्धिकग्रन्थमा दह्रा र सिङ भएका, वीभत्स चित्रण गरिएका राक्षस नभएर भारतको झारखण्ड, उडिसा र पश्चिम बंगालमा रहेका लोपोन्मुख १०,७१२ आदिवासी हुँन् । १५आदिवासी जाति मध्यको सवभन्दा पुरानो हो । झारखण्डमा मात्रै ७,७८३ रहेका छन् । त्यहाँका पूव मूख्यमन्त्री सिबु सुरेन आफूलाई महिसासुरका सन्तान भन्छन् भने इसापूव ६ हजार वर्षपहिलादेखी नै त्यहाँ मुण्डाजातिको रहँदै आएका छन् । आर्यसंगको पराजयपछाडि असुरिया सभ्यता र शक्तिशाली असुर राज्यको पतन सुरु भयो । लौहयुगका जनक असुरहरुको मूख्य पेशा फलाम गलाउने प्राचिनविधी हो । पूववैदिकर वैद्धिककालमा अत्यन्तै सुर, वीर र लडाका असुर जातीकावारे नृवंशशास्त्रीहरुले अनेकौँ अन्वेसन गरेका छन् । श्रृग्वेद, ब्राहमण, अरण्यक, उपनिषद र महाभारतआदी ग्रन्थमा असुरहरुको सुरवीरताको मुक्तकण्ठले प्रसंसा गरिएको छ । सिन्धघाँटी सभ्यताको प्रतिस्ठापक असुर मोहनजदेडो र हडप्पा सस्कृति सम्बन्धित हुँन् । अहिले भने मुख्य असुरवस्ती झारखण्डमा पनि गुमला, लोहारदंगा, पालमु र लातेहार जिल्लामा पर्छ । समाजशास्त्री के. के. ल्युमाका अनुसार अहिलेका असुरहरु महाभारतकालीन असुरवंश नै हुँन भन्ने भनाई छ । रावणलाई पुज्ने द्रविडहरुको शंख्या उल्लेख्निय छ । । त्यसैले विजेताको इतिहासलाई ब्यबस्थापन गर्न पराजीतको हुमत काढ्नु र नालायक सवित गर्न आवस्यक भो भने पराजीत, अपहेलित र प्रतिरोधको लागी आप\नै इतिहासको खोजी गर्छन ।
शक्ति उपासनाको पर्वः
को देवाता ? को असुर ? भन्ने कुरा नायक र खलनायक जस्तै समय सापेक्ष भो । हरेक समाज र संस्कृतिमा जित्दा देवता, हार्दा दैत्य भोन् । यी भनेका शक्तिले लगाईदिएको सीमाना र बन्ने धारणा हुँन । शक्ति र दसैंबीच अचम्मकै र्साईनो जोडिएको छ । हतियारमा साँध लगायो, युद्ध अभ्यास पर्व मनायो । सामान्तीयूगका आर्य राजा महाराजाहरु दसैमै युद्ध अभियान चलाँउथे । युद्धले नरबली खान्छ । शक्तिहत्याउन प्रतक्ष वा छम्द युद्ध आवस्यक भो । शक्तिरुपा भने अत्यन्तै चंचल भएर रुप, धन र बलको खास्टो ओड्दै मोहनी लाँउछे । संसारमा शक्तिलाई कसैले कज्याउन सकेन् तर त्यसको भोकले पनि कसैलाई छोडेन् । रावणले सुनमा सुगन्ध र र्स्वर्ग जाने लिस्नु भोली राख्छुभन्दा कुलंगार विभिषणले शक्ति हत्याउन कुल र राज्य नै ध्वस्त गर्‍यो । त्यसैले कस्तै रामभक्तले पनि सन्तानको नाम विभिषण नराखेको, सिजर, क्लियोपात्रा र निपोलियन जीवनकालमै बबुरो बन्नु परेको । अश्वमेघ यज्ञ र स्यामाकर्र्णो घोडा पौराणिक शक्ति कथा अहिले पनि मिठास भोन् । कोत गारतमा बली दिएर, हतियार पुजा गरेर शस्त्र कहिल्यै आप\नो हुने हैन् । समय चिनेर चलाउने युक्ति बुद्धिको स्वामित्व हतियारमाथी भो । शक्तिको घोडा चढेर चाबुक मार्न सकिएन् भने उल्टो शक्तिनै घोडा चढ्छ । हिजाका शक्तिवान भोलीका बबुरा इतिहासका नजिर हुँन । आपैFmले प्रयोग गरेको हतियार भोली अर्काले प्रयोग गर्‍यो भने आप\mनै गर्दन छिनाल्ने कुरा कम्मरमा खुकुरी भिर्ने वित्तिकै अमरसिंह थापा सोच्नेले बुभ\दैनन् । सीतयुद्ध र मनोयुद्ध त एउटै लास नपारी शक्ति आर्जन खेल भएकोले दसैँको सौर्न्दर्यशास्त्र शक्तिप्यासाका लागी अदभूतै हुँने गर्छ ।
बलि र दसैं
शक्ति पाउँन बली दिनुपर्छ तर कसैले पनि बाघ र भालुलाई बली दिएको वैदिकइतिहास बोल्दैन । भक्कुको राँगो बन्न नचाहनेलाई शक्तिले पर्सदैन । जहिले पनि निमछराकै बली दिईन्छ । अझ उपासकले कुनै जमानामा शक्ति हत्याउन नरबली पनि चढाउथे, नरदेबी त्यसै कहलिएकी हैनन् । कलकत्तेकालीको महिमा विश्वासीकालागी अच्चमै छ । बली पशुको मात्र हुँदैन् शक्ति आर्जन गर्न स्वभिमानको पनि भो । मौलामा पर्सन लाँदा लुरुलुरु हिडने बोका, राँगाहरु जस्तै आस र त्रासले आर्दशको वर्को ओढदै हिडने पराणी पनि भोन् ।राजनीति र बलीलाई जोडेर हेर्ने हो भने बली चढाउने धेरै शिर्ष भोन् । सिद्धान्त, आर्दश र आप\नै पनि गौरवता बलीदिएर सुविधाका कथन कथ्दै दिईने बलीहरु पाशुबली भन्दा ठूला हुँने गर्छन । शक्ति हत्याउन र जोगाड गर्ने लालसीका हविगत दसैं, शक्ति र चालु राजनीतिमा नियाल्नु पर्छ । अझ आधुनिक समाजशास्त्रमा बली दिन दसैंनै कुर्नु पर्दैन् भने स्वयं आफैलाई अपर्न शक्ति सामु पुग्ने गर्छन ।
शक्ति हत्याउन शक्ति रिझाउन नवरात्रको आराधाना कुण्डलिनी जगाँउनेको के कुरा गर्ने र ! नन्दी, भृगी र तन्त्रविध्याका उपासकहरु सक्रिय भोन् । त्यस्तै अहिले राजकियशक्ति हत्याउने लिगलिगे दौड् कुद्नेहरु किन, के गर्न दौडेका छाँै भन्नेले भक्कुका राँगोझै हेक्का हुँदैन् । औकात अनुसारको जोसंग जे छ त्यहीनै बली दिने न हो ।
पर्वको अर्थशास्त्र
विशेष गरेर कृषीयुगका आदीआर्यका पर्व र उत्सवहरु कृषी अर्थतन्त्रसंग जोडिएका हुन्थ्ये । त्यसैले पर्वहरु मनसुनको अन्त, बालीनाली भित्रिसकेका या खेतीबारीबाट फूर्सद भएको समयमा हुन्थे । खोलानाला र बाढीपैह्रो पनि टरिसकेको हुन्थ्यो । आर्थिक उत्पादनको चरित्र र संबन्ध फेरिदैजाँदा पर्वको अर्थशास्त्र पनि फेरिन्छ । अहिले भने बजारले मानिसको स्वभावलाई मात्रै हैन् पर्वको अर्थसम्बन्ध पनि फेरिदियो ।
बजारमा किन्ने र बेच्ने वस्तुमात्रै हुँदैन भावना र आस्था पनि भोन् । त्यही आस्था उरालेर पर्वको बजार चम्कन्छ । बजारले मानिसको सोच र भूमिकाको निर्देसन र नियन्त्रण मात्र गर्दैन् गर्भको बच्चा र आर्यघाटका लास पनि ग्राहक बनाँउछ । आस्था र आवेगमा तुजुगको घालमेल हुँने पर्वको अर्थशास्त्र कृतिम आवस्यकता पैदा गरेर अरुभन्दा भिन्न वा उम्दा देखिने पर्दर्शनी बजार मनोविज्ञान बन्छ । अझ अतृत्प वासना जगाएर भावनालाई बस्तुमा फेरिदिँदै सुक्रीविक्री गरिदिन्छ । जताततै दसैँका बम्पर उपहार, छुट्का सामान, दिल र दिमाग छुँने मनमोहक विज्ञापनले भरिएका मिडियाले लुरुलुरु र खुरुखुरी डोरिरहेका मनुवामा ‘रिण गरेर नी घ्यू पिउने’ मानसिकता बनाईदिनेहुँदा ‘आयो दसै ढोल बजाई, गयो दसैंरिण बोकाई’ पर्वअर्थशास्त्रमा आधारित भनाई हो ।
समाजशास्त्र र दसैः हरेक पर्वको विश्वास र गच्छे अनुसारको अर्थ लाग्छन् । आध्यत्मवादी र अन्धविश्वासीहरुलाई शक्ति आर्जन गर्ने दसैंर्साईत भो भने नवधनाढ्यलाई चाड्वाड तुजुग देखाउने थलो बन्छ । सास्कृतिक रुपमा भने गरिव गुरुवाका बच्चाबच्चीलाई वर्षदनको चिची नाना बनेर आँउछ, गरिवलाई जोहो गरेर मिठो मसिनु खाने यो पर्व खेती किसानबाट फूर्सदको समय बन्छ । सामाजिक भेटघाट, रासरौस, मिठोमसिनो संगोलमा खाँने, बिरक्तिएका मनको कालोमैलो धुँने, नाता संबन्धलाई अर्जाप्ने, विगतको कटुता भुलाएर नयाँ संबन्ध सुरुवात गर्ने मौका बन्छ । देशमा लाहुरे बन्दै विदेश भित्रिने र शहर गाँउमा पस्ने, पुर्खौली थातथलो पुग्ने र मान्यजनको आशिर्वाद लिने, उमेरमा यौवन साटेका साथसंगीसंग कालान्तरमा भेटघाट गर्ने, सामाजिक संबन्ध र भावनाको पर्वरुपी दसै सामाजिक सदभावको मञ्च बन्न पुग्छ । हरेक बालापनकाको मिठो सम्झना पर्वे सास्कृतिक निरन्तरता हो । तर अहिले सांस्कृतिक रुपमा कम, अन्धआस्था र तुजुगको रुपमा बढी देखिने गरेको छ ।
आस्था र प्रविधी
संचारको विकाससंगै आस्था पनि प्रविधीमार्फ आध्यात्म फैलाउदै दसैँलाई डिजिटल पर्व बनाँउदै छ । प्रविधी विज्ञानको उपज हो भने विज्ञानले जहिले पनि वैज्ञानिक दृष्टिकोणको अपेक्षा गर्छ । तर कयौँ विज्ञानका सन्तान र उपयोग गर्नेहरु नै वैज्ञानिक दृष्टिकोण भने राख्दैनन् । अत्याधिक वैज्ञानिकहरु नै अन्धविश्वासी, रुढीवादी भोन । अझ जति मान्छे धनाढ्य वा शक्तिशालीहरु भोन् सो स्तर घट्ला वा अझ प्राप्तीको लालसाले त्यतिनै तर्क, प्रमाणभन्दा अन्धआस्था वा श्ाक्तिको लालशी बन्छन् सामर्थ्यहीन पनि उनीहरुलाई नै नायक ठान्दै प्रविधीले फैलाउने आध्यात्म वा अन्धविश्वासको अनुसरण गर्न पुग्छन । तव धर्म, पर्व र आस्थाले डिजिटलाईजेसन बन्दै स्वआतंकबाट मुक्त ह्ँन पर्वलाई सांस्कृतिकीकरण गर्नुभन्दा पनि या त उपभोक्तावादी बनाईदिँदैछ या शिक्षित एवं आधुनिक रुढिवादी फेरिदिँदै छ । ।
अन्तमाः दसैलाई विजयपर्वको रुपमा मनाईन्छ तर विजय भनेको अर्काको पराजयमा हैन्,अर्काको स्वभिमानको पनि रक्षा गर्दै संमान र विजय खोज्नु भो । सांस्कृतिक रुपमा घृणामाथीको विजय, नकरात्मक सोच माथीको विजय दसैपर्व मानिनु पर्ने हो । जहिले पनि मानव सभ्यता विकासक्रममा भएका र्सघष, त्यसका विजय र पराजयका गाथा बनेका सामाजिक कानुन र चलन जतासुकै पर्व बन्दै जान्छन् । आर्थिक उत्पादनका साधन, श्रोत, स्वामित्व र संबन्धहरु फेरीदैजाँदा पर्वका रुप फेरिँदै जान्छन् । त्यसलाई आग्रहका अन्धचस्मा लगाएर सास्कृतिक संरक्षण हुँन सक्दैन । हरेक पर्वलाई बजार आक्रमणबाट कसरी बचाउने – रुढिवादी चेतबाट कसरी मुक्त गर्ने – अहिलेका सास्कृतिक चुनौती हुँन् । एउटा जाती, धर्म र मान्यताका संस्कृतिक पर्व अर्को जाति र धर्मलाई घृणा हैन् अझ नजदिक कसरी ल्याउन सक्छ भन्ने समाजशास्त्रिय चिन्ता हुँन भने त्यसको ब्यबस्थापन राजनीतिमा नै हुँन पर्छ । पर्वलाई पर्वकै रुपमा रहन दिँउ । यसलाई तुजुग देखाउने थलो र अर्कालाई घृणा गर्ने शिर्ष नदिँउ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु