क्रान्ति गर – वैरागी जेठा

२०७१ आश्विन २ गते, बिहीबार


क्रान्ति नरोक
शहर बढारर्नेहरू
नयाँ सडकबाट फुक आगो
हतियारहरू थुप्रैछन्
पेरिस डाँडा र बुद्दनगरहरू
नझम्ट कुर्सी
सहिदका रगते हाँकेको मुलुक
मेरो प्यारो नेपाल
ध्वजापतका लिएर
नयाँ सडक आऊ
आँधिबेरीझैँ
थवाङको कथालिएर
जेलवाङ हुँदै आऊ
सहरका मानिसहरूले हेर्ने छन्
घामको किरणसँगै
उठुन मानिसहरू
चन्द्रागिरिझैँ
क्रान्तिलाई चङ्गाझैँ न उडाऊ
सहरका धुरीबाट हेर्न सकिने
लडाइँ हुँदैछ
युद्द हुन लागेको छ
जेलवाङका दृश्यहरू
नयाँसडकमा प्रदर्शन गर्न आऊ
पेरिसडाँडाका मानिसहरू
कुर्सीको मूल्य तोक्न छोड
हत्केलामा चुनवाङ बोकेर
विहानको किरणसँगै आऊ
मेरो धड्कन
सिङ्गो राज्य कब्जागर्न चाहन्छ
असितअस्तिको लडाई भन्दा
भिन्न लडाई लड्न
मौरीको गोला भएर
नयाँ सडक आऊ
चीलहरूले
हाम्री भृकुटी पार्क खोसिसके
मनहरू नघुमाइकन
बुद्द नगर
टुँडिखेल आऊ
काँकडाको कलेजो लिएर
महेन्द्र राजमार्ग हुँदै
भृकुटीलाई अपहरण गर्न लागिसके
हातहरूमा खुकुरी लिएर
आऊ पेरिसडाँडा
चुनवाङलाई ढाँटेर
कुर्सीका ¥यालहरू नचाट
निस्वार्थ मानिसहरू लिएर
दौडिएर आऊ
टुँडिखेल
इन्द्रचोक र जमल घेर्दै
पाइला सारेर
नयाँसडकको बम फोर्न
नौला योजना लिएर
मानिसहरू वर्षऊ
बुद्दनगर
जेलवाङका कथापढ्ने
मेरा स्वतन्त्रता हरन नगर
म पागलहैन
स्थल जाँच गर्न चाहनेलाई
बुझ पचाएर
पिठ्युँ नफर्काऊ
बुद्द नगर
नयाँ आयामहरू लिएर
एकपटक
हाम्रो नयाँ सडक आऊ
लडाईलाई सलाम ठोक्दै
दिमाग र मस्तिष्क
हिउँझैँ पगालेर आऊ
पेरिस डाँडा
क्रान्ति पुरा गर्न
जेलवाङका मुटु लिएर
सलाम गर्दै
एउटा सुन्दर गाउँको
इतिहास रबलिदान लाई
लस्करैलस्कर लगाएर
नयाँ सडकमा उभ्याऊ
युगिनका पत्थरहरू फोरेर
क्रन्तिको दिप सलकाऊ
बुद्द नगर र पेरिसडाँडाहरू
संविधानमा
थवाङका इतिहास लेख्न
फक्तिएर आऊ
छातीमा
हजारौँ जेलवाङ टाँसेर
मसला जस्तै
बनदुकहरू लिएर आऊ
क्रान्तिलाई
अक्सिजन दिन
पुँजीवादको अवरोध घटाउन
एैँसेलुझैँ मानिसहरू टिपेर
युद्दको यात्रामा आऊ

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु