एमआरपी बनाउन घरदैलो कार्यक्रम
काठमाडौ।बेलायतमा रहेको नेपाली दूतावासले हस्तलिखित राहदानी प्रतिस्थापनका लागि घरदैलो अभियान थालेको छ ।सन् २०१५ नोभेम्बर २४ सम्ममा प्रतिस्थापन गरिसक्नका लागि अहिले घरदैलो अभियान थालिएको बेलायतमा रहेको नेपाली दूतावासका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले बताए ।
उनका अनुसार विभिन्न ठाउँमा रहेका झण्डै डेढलाख नेपाली नागरिकलाई समुदायसम्मै पुगेर एमआरपी बनाउन प्रोत्साहन गरिएको छ । अहिलेसम्म झण्डै तीस हजार नेपाली नागरिकको हस्तलिखित राहदानी प्रतिस्थापनको काम भैसकेको दूतावासले जनाएको छ ।
दूतावासले कम जनशक्ति भएको गुनासो गरेपछि विभिन्न ठाउँमा रहेका नेपाली संघसंस्थाले स्वयंसेवी रुपमा दूतावासका कर्मचारीलाई सघाएको फोस्टनमा रहेका गुल्मीका सुदीन श्रेष्ठले बताए ।आफू जस्तै नेपाली संघसंस्थामा आवद्धहरुले छुट्टीको समयमा एमआरपी बनाउन फारम भर्ने, डकुमेन्ट तयार पर्ने र दूतावासमा बुझाउन नेपाली नागरिकलाई सहयोग गर्ने गरेको क्याप्टेन रामबहादुर पुनले बताए ।