नेपाली कांग्रेसद्वारा संसद चल्न नदिने निर्णय !

२०८० चैत्र २७ गते, मंगलवार


काठमाडौँ । नेपाली कांग्रेसको आज बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ । कांग्रेसका नेता रमेश लेखकले कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाए । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन्।
‘तत्काल सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ’, बैठकपछि लेखकले भने, ‘कांग्रेस संसद अवरोध गर्न चाहदैन, तर नेपालीकांग्रेसको माग प्रति सरकार गैरजिम्मेवार भयो भने संसद अवरुद्ध भयो भने सरकारले लिनुपर्छ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु