युवा संगठनको राष्ट्रिय सम्मेलन: विधान तथा राजनितिक प्रतिवेदन पारित

२०८० चैत्र २७ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको पाचौं राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको संगठनको विधान तथा राजनितिक प्रतिवेदन पारित भएको छ। आइतबार संगठनका सम्योजक पाटन सीले बन्दसत्रमा प्रस्तुत गरेको विधान तथा प्रतिवेदन सर्वसम्मत पारित भएको हो ।सोमबार बिहनदेखि विभिन्न ब्युरोका १५ समुहमा गरिएको विधान प्रतिवेदनमाथिको छलफल सकिएलगतै ग्रुप कमाण्डरहरुले आफ्नो समुहको सुझाव प्रस्तुत गरेका थिए ।
ग्रुप कमान्डरका सुझाव सुनिसकेपपछि संयोजक पाटन सीले विधान तथा प्रतिवेदनमाथि उठेका बिषयहरु निकै महत्वपुर्ण र सान्दर्भिक भएको साथै त्यसलाई थप छलफल गरि छुटेका विषयहरुलाई समेटेर पारित गर्ने प्रतिबद्द्ता जनाएका थिए ।
नेता पाटनले नेपाल अहिले भू-राजनीतिक चपेटामा परेको र साम्राज्यवाद विभिन्न बहानामा नेपाल प्रवेश गरिसकेको अवस्थामा त्यसलाई प्रतिरोध गर्न, देशभित्र विद्यमान, वित्तिय आतंक, मिटरब्याजीहरुको ज्यादती, महङ्गी, कालोबजारी, विकासका नामना आएको विषालु एमसीसी लगाएतका विषयहरु, जनयुद्ध, जनआन्दोलनबाट स्थापित उपलब्धी गुम्ने खतराकोबिच समग्र वस्तुस्थितिको अध्ययन गरि तयार पारिएको प्रतिवेदन समयको माग भएको दाबी गरेका थिए।
उनले पार्टीकै सहायक संगठन भएको नाताले यत्तिको प्रतिवेदन जरुरी थियो ल्याइयो तर यो यत्तिले मात्र पुर्ण नभएको बताएका थिए ।
निवर्तमान अध्यक्ष पाटन सीको विषयमाथिको धारणा सकिएसङ्गै देशैभरबाट उपस्थित प्रतिनिधि प्रवेक्षकहरुले गडगडाहट तालीले पाँचौ राष्ट्रिय सम्मेलनमा प्रस्तुत विधान तथा प्रतिवेदन पारित गरेका थिए।
आयोजकका अनुसार अबको केही बेरमा नेकपाका महासचिव विप्लव सीले प्रशिक्षणत्मक मन्तव्य राख्ने कार्यक्रम रहेको छ। जारी राष्ट्रिय सम्मेलनको बन्दसत्रमा देशैभरबाट ३०० भन्दाबढी युवाहरुको उत्साहजनक सहभागिता रहेको छ।- साहाश भट्ट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु