युवा सम्मेलन ः प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी

२०८० चैत्र २६ गते, सोमबार

काठमाडौँ । युवा संगठन नेपालको ५ औं राष्ट्रिय सम्मेलनमा प्रस्तुत राजनीतिक प्रतिबेदनमाथि समूहगत छलफल जारी रहेको छ। आज (सोमबार) बिहान ८ बजेबाट सुरु भएको प्रतिवेदनमाथिको समुहगत छलफल जारी रहेको नेकपाकी स्थायी समिती सदस्य तथा संगठनकी फ्याक्सन इन्चार्ज सीलु सीले बताएकी छन् ।
छलफलका लागि आइतबार साझ १५ समुहमा बिभाजन गरिएको थियो। प्रतिवेदनमा मेची र जनकपुर, पश्चिम ताम्सालिङ, पश्चिम लुम्बिनी, पुर्वी लुम्बिनी, पश्चिम नारायणी र पुर्वी नारायणी, पश्चिम गण्डक र उत्तर मेचिकोशी सेती, राप्ती, धौलागिरी र पुर्वी ताम्सालिङ, मध्य कर्णाली, पुर्वी गण्डक, उपत्यका, दक्षिण कर्णाली र सगरमाथा महाकाली उत्तर कर्णाली, पश्चिम जनकपुर र कोशी लगायत निर्धारित १५ समुहमा रहेर प्रतिवेदनमाथि छलफल चलिरहेको छ।
युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलनको बन्दसत्र धनगढीमा जारी छ। समूह बिभाजनससँगै सुरु भएको समुहगत छलफल मध्याह्न १२ बजेसम्म जारी रहने पाचौं राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक पाटन सीले बताए ।
नेपालको पछिल्लो राजनितिक अवस्था युवाहरुले खेल्नु पर्ने भुमिका,देशमा पर्दै गएको भु(राजनितिक प्रभाव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिती संगठनको इतिहास संघगठन निर्माणका चुनौती, स्थापनादेखी आजसम्म संगठनले गरेको राजनितिक योगदान, राष्ट्र राष्ट्रियता र कम्युनिस्ट आन्दोलनमा निभाएको भुमिका, कम्युनिस्ट घटकका भात्री संगठनका सहकार्यको मिलन बिन्दु लगाएतका विषय समेटेर तयार पारिएको ३५ पृष्ठ लामो प्रतिवेदनमा केन्द्रित रहेर आ(आफ्नो समुहमा प्रतिवेदनमाथि मसिनो अध्ययन गर्दै प्रतिनिधि प्रवेक्षकहरुले आफ्नो सुझाव पेस गरिरहेका छन् ।
चैत्र २४ गते नेकपाका महासचिव विप्लव सीद्वारा सुदुरपस्चिमको मुटु धनगढीको खुल्ला मंचमा उद्घाटन भएको पाँचौ राष्ट्रिय सम्मेलन २८ गतेसम्म चल्ने र संगठनको नयाँ नेतृत्व चयनसंगै समापन गरिने आयोजकले जनाएको छ। -शाहस भट्ट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु