तीन बुँदे सहमतिको उलंघन : नेकपाका कार्यकर्ता पक्राउ

२०८० चैत्र २४ गते, शनिबार


काठमाडौँ । सरकारले तीन बुँदे सहमति विपरीत नेपाल कम्युनिस्ट पार्टी इलामका तत्कालीन जिल्ला सदस्य नन्दलाल विष्ट पक्राउ गरेको छ । राज्यले गरेको तीन बुँदे सहमति विपरित विष्टलाई पक्राउ गरिएपछि नेपाल कम्युनिस्ट पार्टीका इलाम इन्चार्ज मौसमले बताए। उनले राज्यले आफैंले गरेको सहमति विपरीत गएर धरपकड र गिरफ्तार शुरु गर्ने हो भने नेकपाले त्यसको प्रतिकार गर्ने चेतावनी दिए ,।
इन्चार्ज मौसमले उनलाई विनासर्त रिहाइको माग गर्दै राज्यको ज्यादती नेकपालाई सह्य नहुने बताए । उनले प्रहरीले विना कारण फडिन्द्र न्यौपानेको घरमा समेत खानतलासी गर्दै परिवारलाई त्रसित पार्ने काम भएको र यस्तो कार्य आपत्तिजनक रहेको बताए ।

प्रतिक्रियाहरु