ताइवान भूकम्प : १२९ जना च्यापिएको अनुमान !

२०८० चैत्र २२ गते, बिहीबार


काठमाडौँ । ताइवानमा बुधबार गएको शक्तिशाली भूकम्पमा च्यापिएकाहरुको उद्धार कार्य भइरहेको छ । अधिकारीहरुका अनुसार भुकम्पले भत्किएका संरचनामा १ सय २९ जना च्यापिएको प्रारम्भिक अनुमान छ । बुधबार बिहान गएको ७ दशमलब ४ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पमा परी कम्तिमा ९ जनाको मृत्यु भएको छ भने ९ सयभन्दा बढी घाइते भएका छन् ।
चार वटा मिनी बसमा यात्रा गरिरहेका कम्तिमा १३१ जना यात्रु एउटा टनेलमा थुनिएको र उनीहरुसंग सम्पर्क गर्ने प्रयास सफल नभएको अधिकारीहरुले जनाएका छन् । ताइवानको हुआलियन शहरबाट १८ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु रहेको यो भुकम्पको धक्का राजधानी ताइपेईसम्म महशुस गरिएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु