समाजवादी मोर्चा नेपालआबद्ध श्रमिक/दलित मोर्चाको संयुक्त बैठक सम्पन्न

२०८० चैत्र ११ गते, आईतवार


काठमाडौँ । समाजवादी मोर्चा नेपाल अन्तर्गत ४ श्रमिक/दलित मोर्चा-संगठनहरुको संयुक्त बैठक श्रमिक मोर्चा अध्यक्ष रामलाल सी को अध्यक्षतामा सम्पन्न भएको छ ।
समाजवादमा दलित एजेण्डा समेटिएको मोर्चाको अवधारणा, कार्यविधि, साझा अजेण्डा र तत्कालीन कार्ययोजना निर्माण गरि अघि बढ्ने सहमति अनुसार नेपाल दलित मुक्ति मोर्चा को महासचिव शंकर दुलालको संयोजकत्वमा नेपाल दलित मुक्ति संगठनबाट बसन्त बिक., श्रमिक समुदाय मोर्चा नेपालबाट सुरज सी, समाजवादी दलित मुक्ति संगठनबाट चन्द्रेश्वर पासवान र महिला प्रतिनिधि संगिता रसाइली रहेको ५ सदस्यीय कार्यदल निर्माण गरिएको छ ।
शनिबार सम्पन्न उक्त बैठकमा नेपाल दलित मुक्ति मोर्चा अध्यक्ष दलजीत, श्रीपाइली, उपाध्यक्ष पदम बिश्वकर्मा, महासचिव शंकर दुलाल, सदस्य सानुभाइ मालभुल, नेपाल दलित मुक्ति संगठन अध्यक्ष गणेश बिश्वकर्मा, उपाध्यक्ष बसन्त बिक., श्रमिक समुदाय मोर्चा अध्यक्ष रामलाल सी, कार्यालय सदस्य पदम सी, सदस्य सुरज सी, समाजवादी दलित मुक्ति संगठन महासचिव प्रदीप घटाल, सदस्य प्रवीण मजाकोटीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु