नेकपा माओवादी केन्द्र‌का नेता नेकपामा प्रवेश

२०८० चैत्र ८ गते, बिहीबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र, कोशी प्रदेश सदस्य शंकरबहादुर कटुवाल र उदयपुर जिल्ला सदस्य काजीलाल दनुवार नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले बुधबार कटारी-५ उदयपुर जिल्ला निवासी पुराना नेता कटुवाल र सहिद जामून चौधरीका भाइ समेत रहेका दुनुवारलाई नेकपमा प्रवेश गराउदै स्वागत गरेका थिए । दनुवार २०६१ सालको कटारी जनसरकार प्रमुख पनि हुन । उनीहरु‌को बहिर्गमनले माओवादी केन्द्र उदयपुरमा ठूलो धक्का लागेको छ।

प्रतिक्रियाहरु