सल्यानका सबै पालिकामा समाजवादी माेर्चा नेपाल गठन

२०८० चैत्र ३ गते, शनिबार


काठमाडौँ । सल्यानका १० वटै पालिकामा समाजवादी माेर्चा नेपाल गठन भएको छ । माेर्चामा संलग्न सल्यानमा क्रियाशील पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सहित समाजवादी माेर्चा नेपाल जिल्ला समन्वय समिति सल्यानकाे सक्रियतामा अभियानकै रुपमा पालिकाहरुमा माेर्चा गठन गरिएको छ । जिल्लामा गत फागुन १३ गते समाजवादी माेर्चा घाेषणा गरिएको थियो भने माेर्चाकाे जिल्ला समन्वय समिति घाेषणाकै दिन पालिकाहरुमा माेर्चा घाेषणा हुने मिति घाेषणा गरिएको थियो ।
गत फागुन २३ गते जिल्लाकाे कालिमाटी गाउँ पालिकाबाट पालिकास्तरिय समाजवादी माेर्चा गठन गर्न सुरु गरेको सल्यानले चैत २ गते छत्रेश्वरि गाउँ पालिकामा माेर्चा गठन गरेर जिल्लाका सबै पालिकामा माेर्चा गठन कार्य सम्पन्न गरेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर सल्यान जिल्ला इन्चार्ज भीमसेन सी (भीम भारती) ले जानकारी दिए ।

कालिमाटी गाउँ पालिकाबाट सुरु भएको पालिकास्तरिय माेर्चा घाेषणा कार्यक्रम फागुन २४ गते त्रिवेणी गाउँ पालिकामा, २५ गते कपूरकाेट गाउँ पालिकामा, २६ गते सिद्ध कुमाख गाउँ पालिकामा, २७ गते बागचाैर नगर पालिकामा, २८ गते दार्मा गाउँ पालिकामा, २९ गते कुमाख गाउँ पालिकामा, ३० गते बनगाढ कुपिण्डे नगर पालिकामा सम्पन्न गरिएको थियो । त्यस्तै चैत १ गते जिल्ला सदरमुकाम समेत रहेको शारदा नगर पालिकामा समाजवादी माेर्चा नेपाल घाेषणा भएको थियोे ।
पालिकास्तरका साे माेर्चा घाेषणा कार्यक्रमहरुमा नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य आधार सी, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री टेकबहादुर बस्नेत, माेर्चाका जिल्ला संयाेजक तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय सदस्य कृति बहादुर पुन ‘प्रकाण्डसिंह’, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य भीमसेन सी,नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय परिषद सदस्य तथा जिल्ला अध्यक्ष,समाजवादी माेर्चा सल्यानका सदस्य हरि के.सी., जिल्ला सचिव तथा माेर्चाका जिल्ला सदस्य रमेश कुमार गाैतम, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर सल्यान जिल्ला सचिव तथा माेर्चाका जिल्ला सचिव मदन सी लगायतले सम्बाेधन गरेका थिए ।

प्रतिक्रियाहरु