‘अहिलेको गठबन्धन नेपाली जनताले बनाएका हुन्’

२०८० चैत्र २ गते, शुक्रबार

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन नेपाली जनताले बनाएको बताएका छन। बिहीबार एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्। अध्यक्ष ओलीले अहिलेको गठबन्धन कसैको इच्छा, आकांक्षा र चाहनाले नभई नेपाली जनताले बनाएको बताए । ‘यो गठबन्धन कसैले बनाएको होइन, हामीले बनाएका हौं, चीन आयो चीनले बनायो भनेर हाम्रो अपमान गर्ने काम नगर्नुस्। देश बनाउने संकल्पसहित अहिलेको सरकार बनेको हो ।’
उनले पुरानो गठबन्धन भत्किँदा कांग्रेसलाई ठूलो पीर परेको बताए । त्यही पीरले कांग्रेस छटपटाइरहेको उनले बताए । पुरानो गठबन्धन खरानीको डल्लो जस्तै भएकाले फुटेको उनले बताए ।
नयाँ समिकरण बनेसँगै सरकारले राम्रा कामहरुको सुरुवात गरेको बताए । उनले मिटरब्याजपीडित र आरती शाहसँग सहमति भएकोले सरकारले सकारात्मक र नतिजा दिने गरी काम गर्न थालेको बताए ।
अध्यक्ष ओलीले अहिलेको गठबन्धनलाई टिकाएर लैजाने बताउदै भने- ‘यो समीकरण अत्यन्त कच्चा हुँदैन भन्ने मैले विश्वास गरेको छु ‘यसलाई टिकाएर लैजाने हो ।’
उनले अहिलेको गठबन्धन भवितब्यमा नभई धेरै हिसाबकिताब र छलफल गरेर बनेको दाबी गरे ।

प्रतिक्रियाहरु