‘मार्क्सवादको आौचित्य र सान्दर्भिकता अरु बढेर गएको छ’

२०८० चैत्र १ गते, बिहीबार


काठमाडौँ । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले मार्क्सवादको आौचित्य र सान्दर्भिकता अरु बढेर गएको बताएको छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले १४ मार्च अर्थात मार्क्सको देहावसान भएको दिनलाई स्मरण गर्दै जारी गरेको विज्ञप्तिमार्फत सो कुरा बताएका हुन्।

केसीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘ सन १८८३ मार्च १४ दिन वैज्ञानिक साम्यवादका सिध्दान्तकार ,सर्वहारा वर्गको मुक्तिको सिद्धान्त मार्क्सवादका प्रतिपादक ,द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका अण्वेषक कार्ल मार्क्सको देहावसान भएको थियो।आज मार्क्सको देहावसान भएको १४१ वर्ष पुरा भएको छ। उहाँको देहावसानले विश्व सर्वहारा वर्गलाई अपुरणीय क्षति पुर्यायो ।
विश्व सर्वहारा वर्ग एवं श्रमजीवी वर्गले मार्क्सको १४१ आौं स्मृति दिवस भव्यताका साथ मनाउन गइरहेका छन् । विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पनि महान् दार्शनिक कार्ल मार्क्सप्रति उच्च सम्मानका साथ हार्दिक श्रध्दान्जली अर्पण गर्दछ । बाह्य रुपमा विभिन्न प्रतिक्रियावादी , पुँजीवादी र साम्राज्यवादीहरुले मार्क्सवादमाथि भीषण हमला गर्दै आएका छन्। दुश्मनहरुले आन्तरिक रुपमा पनि मार्क्सवादमाथि हमला बोले र त्यसैक्रममा मार्क्सवादको आन्तरिक दुश्मनका रुपमा संशोधनवाद जन्मियो।मार्क्सवाद बाह्य र आन्तरिक दुबै प्रकारका दुश्मनका विरुद्ध संघर्ष गर्दै अगाडि बढ्यो र त्यो मार्क्सवाद – लेनिनवाद – माओवादका रुपमा विकसित हुन पुगेको छ । मार्क्सवाद मानवीय श्रमशक्ति ,प्रकृति विज्ञान र वर्गसंघर्षको धर्तीमा खडा थियो र त्यसलाई हल्लाउने तागत कसैमा थिएन । त्यसैले त्यो विश्व सर्वहारा वर्ग र उत्पीडित मानव जातिको मुक्तिको अपराजय हतियार बन्न पुग्यो।आजको साम्राज्यवाद र सर्वहारावर्गबीचको भीषण वर्गसंघर्षको युगमा मार्क्सवादको आौचित्य र सान्दर्भिकता अरु बढेर गएको हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ठहर छ। र मार्क्सवाद – लेनिनवाद – माओवाद आज विश्व सर्वहारा क्रान्तिको पथप्रदर्शक सिध्दान्त बन्न पुगेको छ।’

प्रतिक्रियाहरु