युवा संगठन नेपाल कालिकोटको चौथों जिल्ला सम्मेलन सम्पन्न

२०८० चैत्र १ गते, बिहीबार


काठमाडौँ । युवा संगठन नेपाल पश्चिम कालिकाटको चौथौ जिल्ला सम्मेलनले नयाँराम सीको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ भने पूर्वी कालिकोट जिल्लाको लागि अनिल सीको अध्यक्षतामा १३ सदस्सीय जिल्ला समिति निर्वाचिात गरेको छ ।
उक्त सम्मेलनको बन्दसत्रलाई नेकपाका केन्द्रीय सदस्य विराट सीले सम्बोधन गर्दै दलाल संसदीय व्यवस्थाका विरुद्ध नेपालमा समाजवादी व्यवस्था अनिवार्य भएको बताए । उनले नेपाली विशेषताको समाजवाद निर्माणका लागि सबै कालिकोटे युवाहरु एकतावद्ध हुनुपर्ने बताए । युवा संगठन नेपालका निवर्तमान उपाध्यक्ष दिनेश सीले भ्रष्टाचारका विरुद्ध युवाहरुले संघर्ष गर्नु पर्ने बताए । उनले युवाहरु विदेशतिर जाने नभई स्वदेशमै रोजगारी सृजना गरी आत्मनिर्भर बन्नु पर्ने बताए ।
सम्मेलनको बन्दसत्रमा नेकपाका केन्द्रीय सदस्य विराट सी,बलवान सी,दिनेश सी,पश्चिम जिल्ला सेक्रेटरी साहासी सी,पूर्वी जिल्ला सेक्रेटरी रमेश सी, मिनेश सी लगायतका अतिथिहरुको सहभागीता रहको थियो । सम्मेलनको उद्घाटन नेकपाका महासचिव विप्लव सी ले ‘अतासवाजी’ पट्काएर उद्घाटन गर्दै सम्बोधन गरेका थिए ।
‘राष्ट्रघात,भ्रष्टाचार,जनघात,विरुद्ध युवा आन्दोलन सृजना गरौं,स्वाधीन नेपाल र आत्मनिर्भर युवाका लागि चौथों जिल्ला सम्मेलन’ भन्ने मुलनारा साथ बुधवार जिल्लाको कुमालगाउँमा सम्पन्न जिल्ला सम्मेलनले नयाँ नेतृत्व निर्वाचित गरेको हो ।

प्रतिक्रियाहरु