तुलसीपुर नगर स्तरीय समाजवादी मोर्चाको संयोजकमा मोहन थापा

२०८० फाल्गुन ३० गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित ४ दल सम्मीलित तुलसीपुर नगर स्तरीय समाजवादी मोर्चाको संयोजकमा माओवादी केन्द्रका मोहन थापा चयन भएका छन। १२ सदस्यीय उक्त कमिटीको सदस्यहरुमा अमर नेपाली, मिनराज वली , जिवनी सी , रुद्र सी , शिव सी , जगदिश देवकोटा , रमा भण्डारी , मदन केसी , गिता देवकोटा , दोषबहादुर महतरा र शुकराम विक रहेका छन् ।
नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य कुबेर वलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सम्झना सी , नेकपा (एस) का केन्द्रिय सदस्य अनारकली मियाँ , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सी , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य सुन्दर सी , माओवादी केन्द्रका सल्लाहकार समितिका सदस्य शेषुराम भण्डारी , नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङका सेक्रेटरी निर्मल सी , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य विकास सी , नेपाल कम्युनिस्ट पार्टी पुर्वी दाङका सेक्रेटरी जनक सी , नेकपा (एस) का केन्द्रीय परिषद सदस्य चित्रा मल्ल , जसपाका मोहन वली लगाएतको आतिथ्य रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि , विशिस्ट अतिथि , अतिथिहरु लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्दै अबको विकल्प समाजवाद भएकाले समाजवाद प्राप्तिको बाटोमा मोर्चा अग्रसर रहनुपर्ने धारणा व्यक्त गरेका थिए ।
नेकपाका तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण खुशीराम चौधरीले गरेका थिए भने अध्यक्षता जगदिश देवकोटाको रहेको थियो । मोर्चाको नगर कमिटी घोषणा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले गरेका थिए ।

प्रतिक्रियाहरु